प्रमुख
बेलबारीमा अपाङ्गहरुका लागि स्वास्थ्य शिविर चल्दै, महिला स्वास्थ्य शिविर सम्पन्न
- 4 बर्ष, 11 महिना अगाडि
- १९ माघ २०७७, सोमबार
मोरङको बेलबारी नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागि नि:शूल्क एक हप्ते स्वास्थ्य शिविर आयोजना गरेको छ । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तरगत नगरपालिकाले बेलबारी २ नम्बर वडादेखि निशूल्क स्वास्थ्य शिविर सुरु गरेको हो । शिबिरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण आदिबारे परामर्श दिइने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।... पुरा पढ्नुहोस
उपचार खर्च अभावले थलिएकी बालिकाको डा. शर्माले गराइदिए अप्रेसन
- 4 बर्ष, 11 महिना अगाडि
- १८ माघ २०७७, आईतवार
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिएका हुन् । बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउन नसक्दा उनको उपचार... पुरा पढ्नुहोस
पत्रकार कल्याण कोषका लागि धनकुटामा थालियो ‘एक रुपैयांँदेखि दश लाख’ अभियान
- 4 बर्ष, 11 महिना अगाडि
- १६ माघ २०७७, शुक्रबार
विरामी पर्दा वा आपत विपत र जोखिमा परेको समयमा सहयोग गर्न पत्रकार कल्याण कोष स्थापना गर्ने उदेश्यले धनकुटाको पत्रकारहरुले एक रुपैयांँदेखि दश लाख अभियान संचालन गर्ने निर्णय गरेका छन् । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको बैठकले धनकुटाका पत्रकारहरुलाई विरामी पर्दा वा आपत विपत र जोखिमा परेको... पुरा पढ्नुहोस
बेलबारीका एघार मध्ये सातवटा स्वास्थ्य चौकीहरु आफ्नै भवनमा, चारवटा भवन बन्दै
- 4 बर्ष, 11 महिना अगाडि
- १५ माघ २०७७, बिहीबार
बेलबारी नगरपालिका क्षेत्रका एघार आधारभुत स्वास्थ्य चौकी मध्ये सातवटा वडाका चौकीहरु आफ्नै भवनबाट सञ्चालन भएका छन् । बेलबारी नगरपालिका वडा नम्बर १, ४,५, ७, ८,९ र ११ का आधारभुत स्वास्थ्य चौकीहरुले आफनै भवनबाट स्वास्थ्य सेवा दिइरहेका हुन् । यसै हप्ता बेलबारी ४ मा नब निर्मित आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन... पुरा पढ्नुहोस
धनकुटाका दुई दर्जनभन्दा बढी शहिद परिवारलाई राज्यले उपेक्षा गरेको आरोप
- 4 बर्ष, 11 महिना अगाडि
- १४ माघ २०७७, बुधबार
सहिदका सपना अधुरो रहेको र राज्यले अहिलेसम्म धनकुटाका सहिद र तिनका परिवारहरुलाई सम्मान नगरी अपमान गरेको धनकुटाका सहिद परिवार र सरोकारवालाहरुले बताएका छन् । सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले सहिद दिवसको अवसमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरूले राज्यले उपेक्षा गरेको बताएका हुन् । संविधान सभा सदस्य तथा प्रदेश सभा... पुरा पढ्नुहोस
सिप सिकेर आत्मनिर्भर बन्दै धनकुटाका एकल महिलाहरु
- 4 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७७, मंगलवार
एकल महिला स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिमबाट धनकुटाका २५ एकल महिला तथा तिनका परिवार लाभान्वित भएका छन् । एकल महिला स्वरोजगारका लागि सीप विकास कार्यक्रम अन्तरगत धनकुटामा भएको सात दिने शिप मुलुक नर्सरी व्यवस्थापन तालिम र धुप तथा बत्ती बनाउने तालिमबाट उनीहरूले... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाले सञ्चालनमा ल्यायो शव वाहन पनि
- 5 बर्ष, 3 दिन अगाडि
- ८ माघ २०७७, बिहीबार
मोरङको बेलबारी नगरपालिकाले बीस लाखभन्दा बढी खर्चेर शव वाहन सञ्चालनमा ल्याएको छ । यसअघि बारुणयन्त्र सञ्चालन गर्दै आएकोले नगरपालिकाले प्र.१- ०२-००१- झ ०७२१ नम्बरको शव बाहन पनि सञ्चालनमा ल्याएको हो । 'घरदेखि घाटसम्म’ भन्ने नारासहित संचालन भएको शव बाहनले शब बोके बापत पैसा लाग्दैन । शव वाहन चालक रअन्य कर्मचारी... पुरा पढ्नुहोस
बेलबारी ६ मा बन्यो ‘सेल्फी पुल’, फोटो खिच्नेहरुको घुइँचो
- 5 बर्ष, 9 दिन अगाडि
- २ माघ २०७७, शुक्रबार
बेलबारी नगरपालिकाको वडा नं. ६ धैति खोलामा सेल्फी पुलको उद्घाटन गरीएको छ । आइतबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रम बिच उक्त पुलको उद्घाटन गरेका हुन् । मेयर सुवेदीले... पुरा पढ्नुहोस
चुनाव हुने नहुने ठेगान नभए नि धनकुटामा निर्वाचनको ताउर माउर
- 5 बर्ष, 11 दिन अगाडि
- २९ पुष २०७७, बुधबार
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्नका लागि भन्दै जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटामा सर्वपक्षिय कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतमा भएको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम अन्र्तगत भएको सर्वपक्षिय कार्यक्रममा राजनैतिक दलका नेताहरु र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको... पुरा पढ्नुहोस
बिपन्न छ जना बिरामीको निःशुल्क मुटुको भल्ब फेरिदियो नोबेल अस्पतालले
- 5 बर्ष, 14 दिन अगाडि
- २६ पुष २०७७, आईतवार
नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई निःशुल्क मुटुको भल्ब लगाइएको छ । मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई निःशुल्क मुटुको भल्ब लगाइएको हो । पहिलो चरणमा झापाको बुद्धशान्तिका उत्तम प्रकाश... पुरा पढ्नुहोस










