यज्ञमणि न्यौपानेलाई कानुन मन्त्री किन नबनाउने ?
- ९ चैत्र २०८२, सोमबार
मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेसका युवा नेता खड्ग फागो र एमालेका पुर्व सांसद घनश्याम खतिवडालाई पराजित गर्दै भारी बहुमतले प्रतिनिधि सभामा निर्वाचित भएपछि अधिबक्ता यज्ञमणि न्यौपाने झन् चर्चामा छन् ।
न्यौपाने जस्ता सक्षम कानुनविद्लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाउनुपर्ने आवाज समेत अहिले विभिन्न तहमा उठिरहेको छ।
लामो समयदेखि अधिवक्ताका रूपमा सक्रिय न्यौपाने नेपालको कानुनी क्षेत्रमा परिचित नाम हो। स्पष्ट र निडर रूपमा आफ्ना धारणा राख्ने उहाँजस्तो व्यक्तित्वले सुस्त र जटिल बन्दै गएको न्याय प्रणाली सुधार, विधिको शासन बलियो बनाउने तथा सर्वसाधारणको न्यायमा पहुँच बढाउने दिशामा महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । यज्ञमणि न्यौपाने जस्तो अनुभवी, जनपक्षीय र निर्भीक कानुनविद् नेतृत्वमा आउनु देशका लागि गर्वको विषय मात्र नभई कानुनी सुधारका लागि आवश्यक कदम पनि हुन सक्छ।
सरोज बास्तोला







































































