प्रमुख

बेलबारी २ का पाँच वटा सहकारी संस्थाहरु एकिकृत, बन्यो एउटै सहकारी

‍‍‍मोरङको बेलबारी २ का ५ वटा सहकारी संस्थाहरु एकिकृत भएका छन् । पाँच वटा संस्था एकिकरण भई  पञ्चदीप बचत तथा ऋण सहकारी संस्था बनेको हो । एकीकरण हुनेमा गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी , सयपत्री बचत तथा ऋण सहकारी, कबीर बचत तथा ऋण सहकारी, संरक्षण बचत तथा ऋण सहकारी... पुरा पढ्नुहोस

अब चाहिँ सुल्झिएला कि जस्तो छ इटहरीका निजी कलेजहरुको शुल्क बिवाद

‍‍  नीजि कलेजहरुले कोरोना महामारीको समयको समेत शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएपछि इटहरी उपमहानगर पालिकाले गठन गरेको  कार्यदलले प्रतिवेदन बुझाएको छ । इटहरी उपमहानगर वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको संयोजकत्वमा गठित कार्यदलले इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीलाई प्रतिवेदन वुझाएको हो । विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर सुझाव समेत... पुरा पढ्नुहोस

लोपोन्मुख नौमती तथा पन्चेबाजाको संरक्षण एवम् प्रबर्द्धन गर्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले‍  लोपोन्मुख  नौमती र पन्चेबाजा लगायतका बाजागाजाको संरक्षण तथा प्रबर्द्धनका लागि  पहल थालेको छ । बिभिन्न शुभ कार्यहरु र शुभ साइतका लागि बजाइने लोपोन्मुख नौमती बाजाको संरक्षणसँगै बाजालाइ ब्याबसायिक बनाउन नगरपालिकाले पहल गर्न थालेको हो । नगरपालिकाले पन्चेवाजा संरक्षण समिति बेलबारी ११ लाई बाजा तथा पोशाक खरिद गरी हस्तान्तरण... पुरा पढ्नुहोस

धनकुटाको एक उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति, उबासंघद्धारा सहयोगको अपिल

‍‍धनकुटा नगरपालिका वडा नं. ७ स्थित बहुमुखी पाठशाला उद्योगमा सोमबार विहान भएको आगलागीबाट ५० लाख बराबरको क्षति भएको छ । धनकुटा नगरपालिका वडा नं. ७ मदन चौकमा रहेको बहुमुखी पाठशालामा सोमबार विहान २ बजे तिर आगलागी हुँदा उद्योगले संचालन गरेको टपरी उद्योगका मेसिन, साउण्ड सिष्टमका समाग्रीहरु, हेचरी मिसिन, सवै जात... पुरा पढ्नुहोस

गोठगाउँस्थित पुर्वान्चल शिक्षण अस्पतालमा पनि हुनेभो २४ सै घण्टा उपचार

‍पुर्वान्चल बिश्व बिद्यालय केन्द्रिय कार्यालयमा अबस्थित पुर्वान्चल बिश्व बिद्यालय शिक्षण अस्पतालले २०७८ बैशाख देखि २४ सै घण्टा सेवा दिने तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयको अनुगमन गर्न गएका राष्ट्रिय सभाका सांसद रमेश जंग रायमाझी र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतको टोलीसँगको भेटघाटका क्रममा सो जानकारी दिइएको... पुरा पढ्नुहोस

बेलबारी खानेपानीको अध्यक्षमा रुक्मणी बिजयी, संस्थाको चुनावमा पनि स्थानीय निर्वाचनकै झल्को

साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेलबारीको अध्यक्षमा रुक्मिणी धिमाल बिजयी भएकी छिन् । शनिबार संस्थाको तेस्रो साधारणसभाका क्रममा भएको निर्वाचनबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको समर्थनमा संयुक्त गठबन्धनकी उम्मेदवार कांग्रेस पार्टीकी रुक्मिणी अध्यक्षमा बिजयी भएकी हुन् ​। धिमालले ७ सय ५२ मत ल्याएर बिजयी बन्दा नेकपा... पुरा पढ्नुहोस

आगलागीले घर खरानी भएको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघको सहयोग

‍आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भै त्रिपालमा जिवन वताई रहेका धनकुटा नगरपालिका वडा नं. ६ का आगलागी पीडितका परिवारलाई धनकुटा उद्योग बाणिज्य संघले राहत सामग्री वितरण गरेको छ । धनकुटा नगरपालिका वडा नं. ६ का ८६ बर्षीय बुद्ध धन वहादुर ब्लोन तामाङ्गको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघलेे राहत सामग्री दिएको हो... पुरा पढ्नुहोस

ढाका बुन्ने ब्यबशायतिर आकर्षित बन्दै बेलबारीका महिला, धमाधम तालिम दिँदै नगरपालिका

महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले ढाका बुन्ने तालिम दिन थालेको छ । वडा नम्बर ७ र ८ का ३० जना भन्दा वढी महिलाहरुलाई तालिम दिन थालेको हो । उत्पादनसँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पाथिभरा सिप बिकास... पुरा पढ्नुहोस

रहेनन् कांग्रेस नेता तथा सुशीलका भाइ अशोक कोइराला

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अचानक अचेत भएपछि बुधबार राति बिराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान उनको निधन भएको थियो । कोइराला पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाका कान्छा भाइ हुन् ।... पुरा पढ्नुहोस

‍बेलबारी खानेपानीको नेतृत्वका लागि ठुलै राजनीति, कांग्रेस र एमालेका उम्मेद्वार भिड्दै

‍बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि कांग्रेस र एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने भएको छ । कार्यकाल सकिएको लामो समय भइसक्दा पनि साधारणसभा गर्न नसकेको भनी आलोचना खेपिरहेको संस्थाको यही चैत ७ गते हुने चुनावी साधारणसभामा निर्बाचन नै हुने भएको छ । खानेपानी संस्थाको... पुरा पढ्नुहोस