प्रमुख

देवीझोडा सामुदायिक वनको भवन उद्घाटन तथा २६ औं बार्षिक साधारणसभा सम्पन्न

देवीझोडा सामुदायिक वन उपभोक्ता समुह, केराबारी ९, देवीझोडाको भवन उद्घाटन कार्यक्रम तथा २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । केराबारी ९ स्थित सामुदायिक वनको नवनिर्मित भवनको हलमा बिहीबार वनको साधारणसभा भएको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेतको अध्यक्षतामा कार्यक्रम... पुरा पढ्नुहोस

बेलबारीको डेल्टा इंग्लिस स्कुललाइ अन्तर्राष्ट्रिय अवार्ड

बेलबारीको डेल्टा इंग्लिस स्कुल अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भएको छ। एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा मलेसियामा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको थियो । अवार्डका... पुरा पढ्नुहोस

जलेको वडा कार्यालयलाई हाम्रो फाउन्डेसनको सहयोग 

हाम्रो फाउण्डेशन परिवार, पथरी शनिश्चरेले मोरङको पथरी शनिश्चरे वडा नं १ को वडा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर सहयोग उपलब्ध गराएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच उक्त फाउण्डेसनले विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो। "शिक्षा र परोपकार , हाम्रो सरोकार" भन्ने मूल नाराका साथ उक्त फाउण्डेसनले उक्त वडा... पुरा पढ्नुहोस

पाथिभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा

मोरङ पथरी शनिश्चरे -३ काे आदर्श टाेलमा रहेको पाथभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज शुक्रबार पथरी शनिश्चरे -३ आदर्श टोलमा रहेको जलेश्वर महादेव मन्दिरको प्राङ्गणमा सो समूहको सभा सम्पन्न भएको हो। समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा भएको सो सभामा बौद्धिक व्यक्तित्व एवम् पञ्चायत... पुरा पढ्नुहोस

२० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न

विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । स्वर सङ्गम सङ्गीतालयको सभाहलमा कार्यक्रमको आयोजना गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो । कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्वर सङ्गम सङ्गीतालयका गुरु... पुरा पढ्नुहोस

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न

वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा कला साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालको संयुक्त आयोजनामा सुन्दरहरैँचामा एक कार्यक्रम गरी सो कृतिको गृह लोकार्पण हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले कृति... पुरा पढ्नुहोस

आफैंले बनाएको नयाँ घाटमा पहिलोपटक जलाइए बेलबारीका शेषराज!

मोरङ बेलबारी ३ का सामाजिक ब्यक्तित्व शेषराज घिमिरेकाे प्रहरी सलामी सहित अन्त्येष्टि गरिएको छ । हालसालै निर्माण सम्पन्न भएको लोहोन्द्रा गंगाधामको निर्माण समिति सचिव रहेका घिमिरे आफैले बनाएको नयाँ घाटमा जल्ने पहिलो ब्यक्ति बन्न पुगे । भुतपुर्ब प्रहरी समेत रहेका ६० बर्षिय घिमिरे भोजपुरबाट बसाँई सरी बेलबारी ३ मा बसोबास... पुरा पढ्नुहोस

सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न बेलबारी उद्योग वाणिज्य संघको अपिल

बेलबारी उद्योग वाणिज्य संघले सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न सबै पक्षलाई अपिल गरेको छ। देशभर युवापुस्ता जेन–जेड (Gen-Z) द्वारा सञ्चालित आन्दोलनले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको अपेक्षा थप सबल बनाएको भन्दै संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्पूर्ण उद्योग व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गरी दैनिक उपभोग्य वस्तुको सुरक्षित आपूर्ति गर्न... पुरा पढ्नुहोस

बेलबारीमा भएको तोडफोड र आगजनीमा आफुहरुको संलग्नता नरहेको जेन्जीको दाबी

बेलबारी नगरपालिका क्षेत्रमा रहेका Gen Z पुस्ताहरुको समूहले गत भाद्र २३ गते भएको आन्दोलनका क्रममा आफुहरुले बेलबारीमा कुनै तोडफोड र आगजनी नगरेको तर अराजक समुहको घुसपैठ भएको जनाएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेन्जी बेलबारीले सो स्पष्टीकरण दिएको हो । विज्ञप्तिमा आन्दोलनको क्रममा सरकारको दमनका कारण देशभर... पुरा पढ्नुहोस

पुनःनिर्माणका नाममा पैसा नउठाउन बेलबारी नगरपालिकाको आग्रह

बेलबारी नगरपालिकाले पुनःनिर्माणका नाममा रकम संकलन नगर्न आग्रह गरेको छ । नगरपालिकाले एक बिज्ञप्ति प्रकाशित गरी भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नगरपालिका सहित अन्तर्गतका कार्यालयहरूमा भएको भौतिक क्षतिको पुनःनिर्माणका नाममा रकम संकलन भइरहेको भन्ने सूचना आएपछि त्यस्तो नगर्न आग्रह गरेको हो । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बेलबारी... पुरा पढ्नुहोस