मोरङ ३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय उर्जाशील पार्टीबीच चुनावी तालमेल
- १५ फाल्गुन २०८२, शुक्रबार
मोरङ ३ मा गतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय उर्जाशील पार्टी बीच चुनावी तालमेल हुने भएको छ ।

राष्ट्रिय उर्जाशील पार्टीका मोरङ ३ का राष्ट्रिय उर्जाशील पार्टीका प्रत्यक्ष उम्मेदवार भुवनकूमार वाग्ले र गतिशील लोकतान्त्रिक पार्टीकि समानूपातिक उम्मेद्वार निशा राजवंशी तथा दुबै पार्टीका नेतृत्वको सहमतिमा यो निर्णय गरिएको हो । सहमति अनुसार फागुन १२ गतेदेखि संयूक्त घरदैलो अभियान शूरू गरेको गलोपा प्रबक्ता पियूष कायस्थले जनाएका छन ।
राउपा नेपालका प्रत्यक्ष उम्मेदवार भुवनकूमार वाग्लेको चूनाव चिन्ह चापाकल र गलोपा समानूपातिक उम्मेदवार निशा राजबंशीको चूनाव चिन्ह व्याट्री रहेको छ ।
ब्यवसायिक दिगो कृषि, किसान आदिवासी, सूकूम्बासी र श्रमिकहरूको हितलाई प्राथमिकतामा राखेका राष्ट्रिय उर्जाशील पार्टी र गतिशील लोकतान्त्रिक पार्टीका धेरै एजेन्डा समान रहेकोले दुबै पार्टीबीच भविष्यमा सहकार्य तथा एकताको लागि वार्ताको ढोका खूला रहेको पनि जनाईएको छ ।
बैकल्पिक शक्तिहरूको यस तालमेललाई निकै उत्साहका साथ हेरिएको







































































