प्रमुख
सामाजिक ब्यक्तित्वहरु सहित बेलवारीले एकैपटक गुमायो चारजना
- 4 महिना, 1 दिन अगाडि
- ४ आश्विन २०८२, शनिबार
बेलबारीले एकैपटक चारजना सामाजिक ब्यक्तिहरु गुमाएको छ । असोज २ गते अर्थात बिहीबार साँझ लगभग एकै समयमा बेलबारी -३ निबासी शेषराज घिमिरे बेलबारी २ लालभित्तीका हाेमबहादुर पिठाकाेटे मगरकाे निधन भएको छ । पुर्व प्रहरी रहेका दुवैजना मध्ये घिमिरे विभिन्न संघ संस्था मार्फत सामाजिक क्षेत्रमा सक्रिय थिए । नेपाली कांग्रेसमा आवद्ध... पुरा पढ्नुहोस
जेएनजीको आन्दोलनमा सहिद भए बेलबारीका युवा पनि
- 4 महिना, 10 दिन अगाडि
- २६ भाद्र २०८२, बिहीबार
जेनजी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका १८ वर्षीय श्रीयम चौलागाईं मोरङ बेलबारीका रहेको खुलेको छ । सोमबार बिहान कलेजबाट फर्कंदै गर्दा आफ्नी बहिनीलाई ‘म केहीबेरमा फर्कन्छु’ भनेर बानेश्वरमा ओर्लिएका श्रीयम अब कहिल्यै घर नफर्कने गरी अस्ताएका छन् । भ्रष्टाचार अन्त्य र सुशासनको नाराले आकर्षित भएका उनी माइतीघर... पुरा पढ्नुहोस
जेनजी प्रदर्शनमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु, ४ सय २२ जना घाइते
- 4 महिना, 12 दिन अगाडि
- २४ भाद्र २०८२, मंगलवार
समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध युवाहरूको संजाल जेनजीहरुले गरेको प्रदर्शनमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार सोमबार भएको आन्दोलनमा मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत छन्... पुरा पढ्नुहोस
चार सहकारी एकीकरण भई बनेको केराबारी साकोसको प्रथम साधारण सभा सम्पन्न
- 4 महिना, 15 दिन अगाडि
- २१ भाद्र २०८२, शनिबार
केराबारीका बिभिन्न ४ वटा सह्कारी संस्थाहरु एकीकृत भई बनेको केराबारी बचत तथा ऋण सहकारी सस्थाको एकीकरण पश्चातको प्रथम साधारण सभा सम्पन्न भएको छ। केराबारीमा सन्चालन रहेका सामुदायिक साकोस, खदम हिल साकोस, शुभारम्भ साकोस र लक्षित समृद्धि साकोस सहित ४ वटा सहकारी एकीकरण भएर बनेको केराबारी साकोसको साधारणसभा भएको हो ।... पुरा पढ्नुहोस
मुहान बिवादले धनकुटा र मोरङको सीमाबर्ती क्षेत्र फाइबाको गाउँ नै संकटमा
- 4 महिना, 15 दिन अगाडि
- २१ भाद्र २०८२, शनिबार
मोरङको केराबारी गाउँपालिका वडा नम्बर–२ फाईबाका बासिन्दाले ३२ वर्ष देखि उपभोग गर्दै आएको भालुखोलाको पानीको मुहान अहिले विवादको चक्रव्यूहमा फसेपछि गाउँनै उजाडिने संकट बढेको छ । सन २०५० सालदेखि फाईबाबासीले पाइपमार्फत भालुखोलाको पानी प्रयोग गर्दै आएका थिए । पछि संघीय र प्रदेश सरकारको लगानीमा “एक घर–एक धारा” कार्यक्रममार्फत करिब दुई... पुरा पढ्नुहोस
एक साताको अवधिमा झुम्का कारागारमा ३ जनाको कैदी बन्दीको मृत्यु
- 4 महिना, 17 दिन अगाडि
- १९ भाद्र २०८२, बिहीबार
एक साताको अवधिमा झुम्का कारागारमा ३ जनाको कैदी बन्दीको मृत्यु भएको छ । कारागारमा बुधबार साँझ थप एक जना बन्दीको मृत्यु भएको छ । सप्तरीको राजविराज–८ घर भई हाल झुम्का कारागारमा बन्दी रहेका ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझमा मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।यादवलाई ज्वरो आएपछि बुधबार साँझ... पुरा पढ्नुहोस
नायक राजेश हमाल र प्रदेश प्रमुख खापुङको उपस्थितिमा रेडस्टारमा विभिन्न कार्यक्रम
- 4 महिना, 22 दिन अगाडि
- १४ भाद्र २०८२, शनिबार
भुमिप्रसाद पाठक पथरी शनिश्चरे वडा नं २ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय तथा ऋतम्भरा कलेजले नायक राजेश हमाल र कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा विभिन्न कार्यक्रम गरेका छन् । मोरङको पथरी शनिश्चरे वडा नं २ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय तथा ऋतम्भरा कलेजका विद्यार्थीहरुका लागि... पुरा पढ्नुहोस
मेची बहुउद्देश्यीय सहकारीको ३१ औँ साधारणसभा बेलबारी सेवाकेन्द्रमा सम्पन्न
- 4 महिना, 30 दिन अगाडि
- ६ भाद्र २०८२, शुक्रबार
मेची बहुउद्देश्यीय सहकारी संस्थाको २९ औँ वार्षिकोत्सव तथा ३१ औँ साधारणसभा बेलबारीमा सम्पन्न भएको छ । बेलबारी नगरपालिका–१ स्थित सांस्कृतिक भवनमा भएको बेलबारी सेवा केन्द्रस्तरीय साधारणसभामा सहकारीको विगत र भावी योजना प्रस्तुत गरिनुका साथै उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मानसमेत गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म बेलबारी सेवा... पुरा पढ्नुहोस
रेडस्टार माविद्वारा कक्षा १२ पास आउट विद्यार्थीलाई सम्मान सहित बधाई
- 5 महिना, 4 दिन अगाडि
- १ भाद्र २०८२, आईतवार
मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय परीक्षा बोर्ड २०८२ मा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान सहित बधाई तथा शुभकामना प्रदान गरिएको छ। आज रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयद्वारा एक सम्मान कार्यक्रमको आयोजना गर्दै आफ्नो विद्यालयबाट यसै शैक्षिक सत्र २०८२ को कक्षा १२ मा सर्वोत्कृष्ट ३.९६ जिपीए ल्याई नेपाल टप छात्र-छात्राहरूलाई सम्मान सहित... पुरा पढ्नुहोस
गोठगाउँमा पनि शुरु हुनेभो मेडिकल कलेज, पुर्वान्चल बिश्व विद्यालयले पायो अनुमति
- 5 महिना, 5 दिन अगाडि
- ३२ श्रावण २०८२, शनिबार
सुन्दरहरैंचा नगरपालिका क्षेत्रको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले ५० बेडको अस्पतालसहित मेडिकल कलेजको सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगको २१औँ बोर्ड बैठकले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट स्वीकृति दिएको हो ।मोरङ ३ का संघीय सांसद डा. सुनिल शर्माले सामाजिक संजाल मार्फत विश्वविद्यालयले मेडिकल कलेजको सम्बन्धन पाएको जानकारी दिएका छन्... पुरा पढ्नुहोस











