प्रमुख

केराबारीमा कांग्रेसका वडा सभापति सहित ९० जना वढी रास्वपा प्रवेश

। नेपाली कांग्रेस पार्टीका केराबारी गाउँपालिका वडा नं.३ का वडासभापति डम्बर मल्ल सहित विभिन्न पार्टीमा आस्था राख्नेहरु रास्वपामा प्रवेश गरेका छन् । आज केराबारी ३ को त्रिवेणी चोक स्थित डम्बर मल्लको घरमा भएको पार्टी प्रवेश कार्यक्रममा उत्तम विक कुन्ता मंग्राती गोपाल श्रेष्ठ लगायत एमाले,माओवादी र कांग्रेसका ९० जना वढी रास्वपामा... पुरा पढ्नुहोस

उर्लाबारी भेट्रान्सले जित्यो दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि

पथरीमा संचालित दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप २०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले उचालेको छ। आज शनिबार सम्पन्न भएको उक्त गोल्डकप प्रतियोगिताको फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्टान्स मोरङ विरुद्ध २-० गोलले पराजित गर्दै उपाधि चुमेको हो। उर्लाबारी भेट्रान्सका निरु लिम्बु र जीवन लिम्बुले खेलको निर्धारित समयको दोस्रो हाफमा गोल... पुरा पढ्नुहोस

 केराबारी गाउँपालिकाले संञ्चालनमा ल्यायो नागरिक आरोग्य सेवा केन्द्र

 केराबारी गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र संञ्चालनमा ल्याएको छ । शुक्रबार केराबारी गाउँपालिकाको वडा नं.१० मा गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा सेवाकेन्द्रको उद्घाटन गरेका छन् । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ संचालंत गर्न थालिएको केन्द्रमा पालिकामा रहेका नागरिकहरुलाई योग ध्यान तथा आर्युवेधिक... पुरा पढ्नुहोस

गुनासो’ मार्फत सार्वजनिक भए बेलबारीका प्रकाश भट्टराई

बेलबारीका स्रष्टा प्रकाश भट्टराईले आफ्नो पहिलो कृति ‘गुनासो’ गीतसङ्ग्रह प्रकाशनमा ल्याएका छन् । कोसी साहित्य–कला परिषद् नेपाल प्रकाशक रहेको यो कृति बेलबारीका हालसालै एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख... पुरा पढ्नुहोस

भव्य रूपमा सम्पन्न भो कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता

बेलबारी नगरपालिका ११ मा अबस्थित डाँगीहाट ब्याडमिन्टन क्लबद्वारा आयोजित स्वर्गीय वल वहादुर मगर स्मृति प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बेलबारी नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगिता अन्तरगत पाँचवटा  विधामा प्रतियोगिता गराइएको थियो ।  शक्रवार सुरु भई  बेलबारी ११ लक्ष्मीमार्ग स्थित कवर्डहलमा आईतवार सम्पन्न  प्रतियोगितामा कोशी प्रदेशका ताप्लेजुङ, भोजपुर,... पुरा पढ्नुहोस

झापा-५ का मतदाता भन्छन् ‘ज्वाइँ साबलाई खाली हात कसरी पठाउनु?’  

झापा–५ को चुनावी मैदानमा बालेनलाई मत माग्न उनकी पत्नी सविना काफ्ले देखा परेपछि यहाँको चुनावी सरगर्मीले झन् रोचक मोड लिएको छ। यतिखेर झापा–५ मा बालेनलाई ‘काठमाडौँको मेयर’ होइन, ‘उर्लाबारीको ज्वाइँ’का रूपमा चिन्न थालिएको छ। सविनाका लागि झापा र मोरङको यो सीमावर्ती स्थान निर्वाचन क्षेत्र होइन, यो उनको बाल्यकालको स्मृति–संग्रह पनि... पुरा पढ्नुहोस

बेलवारीमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु, सयभन्दा बढी टीम सहभागी

बेलवारीमा स्वर्गीय बलबहादुर मगर स्मृति कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। बेलबारी ११ लक्ष्मी मार्ग स्थित डाँगी हाट ब्याडमिन्टन क्लबको आयोजनामा डागीहट ब्याडमिन्टन क्लबको  कबर्ड हल र बेलबारी स्थित इन्द्रेणी क्लबको  कबर्ड हालमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले उद्घाटन गरेका छन्। प्रतियोगितामा... पुरा पढ्नुहोस

भब्य बन्यो बेलबारी नगरपालिकाद्वारा आयोजित विद्यालय तह विज्ञान प्रदर्शनी

“सिर्जनशील हात, वैज्ञानिक सोचः विद्यार्थीको प्रगतिको नयाँ खोज“ भन्ने नाराका साथ माघ ६ देखि ८ गतेसम्म बेलबारी नगरपालिकाद्वारा आयोजित विद्यालय तह विज्ञान प्रदर्शनी कार्यक्रम २०८२ भब्य रुपमा सफल भएको छ । बेलबारी ११ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्रङगणमा भएको तीन दिने प्रदर्शनीमा बेलबारी नगरपालिका भरिका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरु... पुरा पढ्नुहोस

बेलबारी नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डमा जनता नमुना प्रथम, शिक्षा सन्देश दोश्रो

बेलबारीमा आयोजित नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ मा जनता नमूना मावि प्रथम तथा शिक्षा सन्देश इङ्लिस स्कूल द्धितीय भएका छन् । बेलबारी नगरपालिकाको आयोजना र बेलबारी ११ लक्ष्मी मार्गस्थित लक्ष्मी माविको सह आयोजना तथा व्यवस्थापनमा लक्ष्मीमार्गमा भएको नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जनता नमुना मावि १४ स्वर्ण, नौ... पुरा पढ्नुहोस

सुकुना माविमा पराजुली परिवारले स्थापना गर्यो १ लाख २ हजारको अक्षयकोष

धनकुटा घर भइ हाल सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ बसोबास गर्दै आएका समाजसेवी  शम्भुप्रसाद पराजुलीको परिवारले सुकुना माध्यमिक विद्यालयमा आफ्ना मातापिताको नाममा  अक्षयकोष स्थापना गरेका छन् । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा आफ्ना बुवा चुडामणि र आमा मधुमाया पराजुलीको नाममा शम्भुप्रसाद पराजुलीको परिवारले १ लाख २ हजार २ सय... पुरा पढ्नुहोस