भब्य बन्यो बेलबारी नगरपालिकाद्वारा आयोजित विद्यालय तह विज्ञान प्रदर्शनी

  • १३ माघ २०८२, सोमबार

“सिर्जनशील हात, वैज्ञानिक सोचः विद्यार्थीको प्रगतिको नयाँ खोज“ भन्ने नाराका साथ माघ ६ देखि ८ गतेसम्म बेलबारी नगरपालिकाद्वारा आयोजित विद्यालय तह विज्ञान प्रदर्शनी कार्यक्रम २०८२ भब्य रुपमा सफल भएको छ ।
बेलबारी ११ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्रङगणमा भएको तीन दिने प्रदर्शनीमा बेलबारी नगरपालिका भरिका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरु सहभागी थिए ्। कवीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अभय लिम्बुको संयो गठित जकत्वमा विद्यालय तह विज्ञान प्रदर्शनी व्यवस्थापन समितिको व्यवस्थापनमा भएको प्रदर्शनीमा करिब डेढ दर्जन विद्यालयका विद्यार्थीहरूले आफूले बनाएका विज्ञानसँग सम्बन्धित विभिन्न सामग्री तथा आविष्कारसँग सम्बन्धित स्टलहरू राखेका थिए ।
बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले उद्घाटन गरेको प्रदर्शनीमा लक्ष्मी माध्यमिक विद्यालय, कवीर माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, माउन्ट एभरेष्ट इङ्लिस स्कुल, शिक्षा सन्देश इङ्लिस स्कुल, कसेनी माध्यमिक विद्यालय, ज्ञानोदय इङ्लिस स्कुल, डाँगीहाट लिटल बुद्ध इङ्लिस स्कुल, डेल्टा इङ्लिस स्कुल, सगरमाथा इङ्लिस स्कुल, धीरनाथ सम्फुल माध्यमिक विद्यालय, वाल जगत बोर्डिङ स्कुल, काली माध्यमिक विद्यालय, सिंहदेवी एकाडेमी, लगायतका विद्यालयहरूले विज्ञानसँग सम्बन्धित स्टलहरू राखेका थिए ्। प्रदर्शनीमा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति थियो ।
प्रतियोगितामा माउन्ट एभरेस्ट इङ्लिस स्कुलका विद्यार्थीहरूले आकर्षक हाइड्रोपावर प्रोजेक्टको स्टल प्रदर्शन गरेका थिए, जुन सबैको आकर्षणको केन्द्र बनेको थियो । सोही स्कुलका विद्यार्थीहरूले ज्वालामुखी सहितको बायोडिग्रेनमेन्ट वास्ट म्यानेजमेन्ट सिस्टम पनि प्रदर्शन गरेका थिए । त्यस्तै लक्ष्मी माविका विद्यार्थीहरुले रिमोटबाट चल्ने कार लगायतका स्टलहरु राखेका थिए । प्रदर्शनीमा बेलबारी ९ डाँगीहाट स्थित काली माध्यमिक विद्यालयका विद्यार्थीहरुले हस्तकलाको रमाध्यमबाट बिश्व र नेपालको नक्सा चित्र बनाई जमिनको सतह भएर बिछ्यााइएको अप्टिकल फाइबरको विश्व सञ्चालको अबस्था झल्कने स्टल राखेका थिए । सिंहदेवी एकेडेमीका विद्याथीहरुले हेमोडाइलोसिस सिस्टम एवम् अपार्टमेण्ट, होटल जस्ता नमूना स्टलहरु राखेका थिए । प्रदर्शनीमा स्कूलका विद्यार्थीले तयार गरेका खेत जोत्ने मेसिनदेखि रकेट जस्ता सामगैीहरु पनि समाबेश थिए । प्रदर्शनीमा विद्याथीहरुले सौर्यमण्डल, सोलार सिस्टम, हाइड्रोलिक ब्रिज जस्ता अनेकौं सामग्रीका स्टलहरु पनि राखेका थिए ।
विज्ञान प्रदर्शनी स्थलमा नासा नेपाल लगायत विभिन्न संस्थाले सूर्यलाई हेर्न सकिने दूरबीनहरूको स्टल पनि राखेका थिए ्। त्यसैगरी अन्तरिक्ष, चन्द्रमा, आकाश र समुद्रसहित ब्रह्माण्डको अवलोकन गरेको अनुभूति हुने थ्रीडी, एआर, भीआर साइन्स प्लानेटरियमदेखि पृथ्वीको उत्पत्ति सम्बन्धी ज्ञान दिने बिग बैंक थ्यौरी पनि प्रदर्शनीमा राखिएको थियो ।
सूर्थको दुश्य देखाउने दुरवीन राखिएको स्टलका उदीप पोख्रेलले बिभिन्न पालिका र संघ संस्थाहरुको सहयोग र सहकार्यमा आफूहरुले टेलिस्पोप राखेर विद्याथीहरुलाइ दिउँसो सूर्य र राती तारापुञ्जहरुको प्रत्यक्ष दर्शन गराएको बताए ।
बेलबारी नगरपालिकाद्धारा गठित विद्यालय तह विज्ञान प्रदर्शनी कार्यक्रम २०८२ का संयोजक तथा कबिर माविका प्रधानाध्यापक अभय देवानले विज्ञान प्रदर्शनी ऐतिहासिक र उपलब्धिमूलक भएको बताए । उनले करिब १५ हजार विद्यार्थीहरुले विज्ञान प्रदर्शनी अबलोकन गरेको बताए ।
बेलबारी नगरपालिकाका शिक्षा अधिकृत सिताराम बोहराले विद्याथीहरुका सृजना मात्र नभई नगरपालिकाले सूर्यको अबलोकन गर्न पाइने टेलिस्कोप, चन्द्रमा र अन्तरिक्षमा पुगेको अनुभव हुने थ्रीडी, प्लानेटरियम र बिग बैंक थ्यौरी जस्ता कुराहरुको पनि ब्यबस्थापन गरेकोले विद्यालय तह विज्ञान प्रदर्शनीबाट विद्यार्थी धेरै कुराहरु सिक्न र अनुभव गर्न पाएको बताए ।