प्रमुख
को को छन् महरासँग जेलमा सँगै बस्ने साथी ?
- 6 बर्ष, 2 महिना अगाडि
- १९ कार्तिक २०७६, मंगलवार
जबर्जस्ती करणी मुद्दामा अदालतको आदेशपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई महरालाई डिल्लीबजार कारागार पठाउन अदालतको आदेशमा भनिएको छ । जेलमा महराले तीन जना साथी पाएका छन । सबै कैदीरबन्दीलाई एउटै सुविधा... पुरा पढ्नुहोस
सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई
- 6 बर्ष, 2 महिना अगाडि
- १९ कार्तिक २०७६, मंगलवार
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो । त्यहाँ जाँदा लाग्ने... पुरा पढ्नुहोस
कुन प्रदेशमा को बने प्रदेश प्रमुख, थाहा छ ?
- 6 बर्ष, 2 महिना अगाडि
- १८ कार्तिक २०७६, सोमबार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेश प्रमुखहरुको छनोट गरे अनुसार सरकारले प्रदेश प्रमुखहरुको टुंगो लगाएको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि ७ जनालाई प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको थियो । प्रदेश प्रमुख नियुक्त हुनेमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार... पुरा पढ्नुहोस
सुनसरी, पांँचथर र संखुवासभामा पनि चुनावी रन्को, कहाँबाट को बन्ने भए नेकपाका उम्मेदवार ?
- 6 बर्ष, 2 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वले आउँदो मंसिर १४ गते हुने उप-चुनावका लागि उम्मेदवार छनोट गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपाको स्थानीय कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा... पुरा पढ्नुहोस
हटाइए सातै प्रदेशका प्रदेश प्रमुखहरु, अब कुन प्रदेशमा को आउलान् ?
- 6 बर्ष, 2 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी छन्। केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७४ माघ ३ मा प्रदेश प्रमुखहरू नियुक्त भएका थिए । प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा प्रतिपक्ष कांग्रेसले बिरोध जनाएको छ ।... पुरा पढ्नुहोस
घरबार नै चौपट भयो भन्दै रोजगारीका लागि कतारतिर लागे क्रिकेट संघ सुनसरीका अध्यक्ष
- 6 बर्ष, 2 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
क्रिकेट खेलाडीहरुको संस्था सुनसरी क्यानका अध्यक्ष चेतनाथ पौडेल (सीपी पौडेल) वैदेशिक रोजगारीको लागि कतारतिर उडेका छन् । शनिबार राती १० बजेको उडानबाट उनी कतार लागेका हुन् । इटहरीमा रहेर लामो समयदेखि क्रिकेट क्षेत्रमा सक्रिय रहँदै आएका पौडेल कुशल खेल व्यवस्थापक हुन् । उनले आयोजक तथा व्यवस्थापक भएर स्थानीयसँगै राष्ट्रिय खेल... पुरा पढ्नुहोस
नेकपाद्वारा धरान उपमहानगरको मेयरका लागि ३ जनाको नाम सिफारिस
- 6 बर्ष, 2 महिना अगाडि
- १५ कार्तिक २०७६, शुक्रबार
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उप महानगरपालिकाको मेयरका लागि नेकपा धरानले ३ जनाको नाम सिफारिस गरेको छ । पार्टी कार्यलयमा शुक्रबार बसेको नेकपाको स्थानीय कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य बेणु काफ्लेकाे... पुरा पढ्नुहोस
प्रदेश सरकारले ढाँटेपछि स्थानीय पहलमै बन्न थाल्यो राष्ट्रिय पुस्तकालय केराबारीको भवन
- 6 बर्ष, 2 महिना अगाडि
- १४ कार्तिक २०७६, बिहीबार
मोरङको केराबारी गाउँपालिकामा रहेको राष्ट्रिय पुस्तकालयको भवन निर्माण हुन थालेको छ । २०२४ सालमा स्थापना गरिएको मोरङकै पुरानो पुस्तकालयको भवन केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बुले बुुधबार शिलान्यास गरेका हुन् । केराबारीका वासिन्दाहरुले नेपाल टेलिकमको लागि भनेर दिएको १५ धुर जग्गामा टेलिकम कार्यालय नआएपछि गाउँपालिकाले उपलब्ध गराएको... पुरा पढ्नुहोस
केराबारीका युवाले गरे यस्तो काम, जसबाट सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि सिक्नुपर्छ
- 6 बर्ष, 2 महिना अगाडि
- १२ कार्तिक २०७६, मंगलवार
नेपाल तरुण दल र राष्टिय युवासंघको लोगो अंकित टि सर्ट लगाएर सयभन्दा बढी युवा तथा वयस्कहरु सहभागी भए । एक पछि अर्को गर्दै कार्यक्रममा सबैजना सामेल त भए । नेपाल तरुण दल र राष्टिय युवासंघको संयुक्त आयोजनामा मोरङको केराबारीमा तिहारको पुर्व सन्ध्यामा फेस्टिबल फन रन केराबारी कार्यक्रम सम्पन्न भयो ।... पुरा पढ्नुहोस
सुन्दरहरैँचा नगरपालिकाले तोक्यो देउसी भैलोको दक्षिणा, नियम उल्लंघन गरे कारबाही गर्ने चेतावनी
- 6 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
सुन्दरहरैचा नगरपालिकाले तिहारमा खेलिने देउसी भैलोको दक्षिणाको रेट तोकिदिएको छ । मंगलबार बसेको ३८ औ कार्यपालिकाको बैठकले तिहारमा खेलिने देउसी भैलोको दक्षिणा रेट तोकेको हो । बुधबार एक सुचना नै निकालेर नगरपालिकाले १५ वर्ष उमेर समुहका बालबालिकाहरुको लागि बढीमा रु १०० , १५ वर्ष भन्दा माथिका देउसी भैलो ग्रुपलाई बढीमा... पुरा पढ्नुहोस











