प्रमुख

कांग्रेसले जित्यो धरानको मेयर; कांग्रेसीहरु दंंग, बामपन्थीको किल्ला भंग

धरान उपमहानगरपालिकाको मेयरमा  कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् । तीन चार दशकदेखिको कम्युनिष्टको किल्ला तोड्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउँदै तिलक बिजयी भएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाए भने प्रकाशले २३ हजार ९ सय... पुरा पढ्नुहोस

अस्पतालबाटै एकाबिहानै पक्राउ परे ‘सिद्धबाबा’, एम्बुलेन्समा हालेर लगियो प्रहरी खोरमा

सिद्धबाबा भनिने चतराधामाका कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको  छ । सोमबार बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउदै उनलाई नियन्त्रणमा लिइएको हो । बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो । गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी शर्माले... पुरा पढ्नुहोस

कास्कीमा बिजयी भइन् विद्या, धरानमा चाहिँ कांग्रेसको अग्रता

कास्की २ को उप निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । तत्कालीन पर्यटनमन्त्री रबिन्द्र भट्टराईको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो स्थानमा रबिन्द्रकी पत्नी विद्या उम्मेदवार भएकी हुन् । उनले  २४ हजार ३ सय... पुरा पढ्नुहोस

संखुवासभा र कास्कीमा नेकपा बिजयी, धरानमा कांग्रेस, पाँचथर र दाङमा नेकपा अगाडि

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका थिए । त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाए । त्यहाँ यसअघि नेकपाले... पुरा पढ्नुहोस

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल बिजयी

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा बिजयी भएका हुन् । मत परिणाम अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी भए ।  कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका थिए  ।  यसअघि पनि... पुरा पढ्नुहोस

शुरु हुँदै ‘केराबारी फुड फेस्टिबल एण्ड टुरिजम फेयर’, प्याराग्लाइडिङ र हाइकिङ खेल्न पाइने

आन्तरीक पर्यटन प्रर्बद्धन र पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै पर्यटन बर्ष २०२० लाई समेत प्रबर्द्धन गर्ने उद्देश्यले मोरङको केराबारीमा केराबारी फुड एण्ड म्युजिकल फेस्टिबल र टुरिजम फेयर हुने भएको छ । केराबारी गाउँपालिकाको सहयोग तथा होटल व्यवसायी संघ केराबारीको आयोजनामा यही मंसिर १६ देखि २४ सम्म चल्ने फुड फेस्टिबल तथा टुरिजम... पुरा पढ्नुहोस

महिला त होइन, सिद्धबाबा कृष्णदास चाहिँ पो ‘बलात्कार’ मा परेका थिए कि क्याहो !

सुुुनसरीको चतरास्थित आश्रममाा बस्ने सिद्धबाबा अर्थात  कृष्णदास गिरीलाई एक महिलाले बलात्कारको अभियोग लगाए पनि उनै महिलाले फेसबुकमा निरन्तर एकोहोरो म्यासेज पठाएको पाइएको छ । कृष्णदासमाथि बलात्कार जस्तो गम्भीर र संगीन आरोप लगाएकी महिलाले पठाएका म्यासेज प्रहरीले फेला पारेपछि  घटनाले नयाँ मोड लिएको हो । गिरीमाथि कात्तिक ४ गते बलात्कार गरेको... पुरा पढ्नुहोस

दिनदिनै मेटिँदैछ नेपालकै ऐतिहासिक सिन्धुलीगढीको अस्तित्व

भुवन थापा काठमाडौंदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको, विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान... पुरा पढ्नुहोस

चन्दा दिएकै भरमा ‘समाजसेवी’ र ‘वरिष्ठ समाजसेवी’ कहलिन्छन् पैसावालाहरु

 मोरङको बेलबारीमा पैसा तिरेर अतिथि बन्ने र सम्मान थाप्नेहरुबिच होडबाजी चल्न थालेको छ । खासगरी स्थानीय क्षेत्रमा हुने नगरस्तरीय कार्यक्रमहरुका आयोजकलाई कार्यक्रमका लागि आर्थिक सहयोग गरेकै भरमा समाजमा आफुलाई स्वघोषित समाजसेवी भन्न रुचाउनेहरुबिच त्यस्तो होडबाजी देखिन थालेको हो । मानिसहरूको बीचमा पाउने समाजसेवीको बिल्ला र फेसबुकमा फोटो देखाएर समाजसेवी बन्ने... पुरा पढ्नुहोस

गोठगाउँमै सर्नेभो पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय, त्यहीँ हुनेभो नवौं दीक्षान्त समारोह

 पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँमा सर्ने भएको छ । पूर्वाञ्चलको मुख्य कार्यालय गोठगाउँमा सार्न प्रक्रिया चलिरहेको र गोठगाउँमा मुख्य कार्यालय सार्न कर्मचारीको मनस्थिति पनि परिवर्तन हुँदै गएको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले बताए ।  गोठगाउँमा विश्वविद्यालयको मुख्य कार्यालय राख्ने पहल गरिएको सन्देश प्रवाह गर्न हालै पछिल्लो  कार्यपालिका बैठक... पुरा पढ्नुहोस