प्रमुख
गोठगाउँमा भो पुर्वान्चल बिश्व विद्यालयको नवौं दिक्षान्त समारोह, दिक्षित भए झण्डै दश हजार बिद्यार्थी
- 6 बर्ष, 1 महिना अगाडि
- २८ मंसिर २०७६, शनिबार
पुर्वाञ्चल विश्वविद्यालयको नवौ दिक्षान्त समारोह मोरङको सुन्दरहरैचास्थित गोठगाँउमा शुक्रबार भब्य रूपमा सम्पन्न भएको छ । दिक्षान्त समारोहमा यस बिश्वविद्यालय अन्तरगत शैक्षिक वर्ष २०७२, २०७३, २०७४ र २०७५ का कला, शिक्षा, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका गरी जम्मा ९ हजार ९ सय ८ जना विद्यार्थीहरुमध्ये उपस्थित विद्यार्थीहरुलाई विश्वविद्यालय... पुरा पढ्नुहोस
रोयल फुटबल क्लब दमकले जित्यो केराबारीमा आयोजित दोस्रो उधौली कपको उपाधि
- 6 बर्ष, 1 महिना अगाडि
- २६ मंसिर २०७६, बिहीबार
“दोस्रो कुसुमे उद्यौली कप २०७६” अन्तरगत केराबारी ९ मा भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी रोयल फुटबल क्लब दमकले हात पारेको छ । सशस्त्र प्रहरी बल (एपियफ) पूर्वाञ्चललाई ट्राइबेकरमा पराजित गर्दै रोयल फुटबल क्लब दमकले उपाधी जितेको हो । निर्धारितअ बधि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरतिर पुगेको थियो । ट्राइब्रेकरमा रोयलले पहिलो... पुरा पढ्नुहोस
इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई
- 6 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो। गौरिका सिंहले एउटै... पुरा पढ्नुहोस
दुर्गन्धित र अव्यवस्थित भएछ उदयपुर अस्पताल, सपार्ने प्रयासमा लागे स्थानीय युवा
- 6 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना (बेडसिट), जतासुकै फालिएका मेडिकल ग्लोब (पन्जा), वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी...यो कुनै सिनेमा सुटिङ गर्नका लागि बनाइएको भूतघरको दृश्य होइन । उदयपुरको गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरको नाजुक अवस्था झल्काउने दृश्य... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा जताततै भत्कियो पुर्व पश्चिम राजमार्ग, आन्दोलनमै उत्रिए बाँसबारीका जनता
- 6 बर्ष, 1 महिना अगाडि
- २२ मंसिर २०७६, आईतवार
पुर्व पश्चिम राजमार्ग मर्मत नभएको भन्दै सुन्दरहरैचा वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दा आन्दोलित भएका छन् । भत्किएको लामो समयसम्म पनि सडक मर्मत नगरेको भन्दै स्थानीयबासीले शनिबारदेखि सांकेतिक आन्दोलन शुरु गरेका हुन् । उनीहरू आइतबार १५ मिनेट सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका छन् । सुन्दरहरैचाको बाँसबारी चौकमा लामो... पुरा पढ्नुहोस
सरस्वती गुरुङ बचाउ अभियानमा बिश्वभरबाट उठ्यो ३८ लाख, मृगौला पिडित सरस्वतीले पाइन् नयाँ जीवन
- 6 बर्ष, 1 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
मोरङको बेलबारी नगरपालिका वाड ४ निवासी मृगौला रोगबाट पीडित सरस्वती गुरुङले नयाँ जीवन पाएकी छिन् । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित उनको शल्यक्रिया सफल भएको छ । दुई वर्षदेखि मिर्गौलामा आएको समस्याका कारण उनी बिरामी थिइन् । उनको उपचारका लागि सरस्वती गुरुङ बचाउ अभियान समिति गठन गरी रकम संकलन अभियान... पुरा पढ्नुहोस
कतारमा मृत्युडण्ड कुरिरहेका सुन्दरहरैंचाका सुनिललाई बचाउन ‘सहयोगी नेपाल’ मार्फत दिइयो २५ लाख
- 6 बर्ष, 1 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
सरोज बास्तोला, कतार । विनोद रानाभाट बचाउ अभियानमा बिभिन्न देशहरुबाट संकलन भएपनि उनको लागि खर्च गर्नु नपर्ने भएपछि मौज्दात रहेकोे एक करोड एक्काईस लाख त्रिहत्तर हजार रुपैयाँमध्येबाट २५ लाख रुपैयाँ कतारको जेलमा रहेका मोरङ्ग सुन्दरहरैचाका सुनिल उराउको जीवन रक्षाकाे नीम्ति हस्तान्तरण गरिएको छ । चार बर्षअघि सामान्य वादविवादमा धकेल्दा लडेर एउटै... पुरा पढ्नुहोस
बेलबारीमा बन्नेभो पार्क सहितको ठुलो जनयुद्ध संग्रहालय
- 6 बर्ष, 1 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
मोरङको बेलबारी नगरपालिका २ लालभित्तिमा पार्क सहितको जनयुद्ध संग्राहलय बन्ने भएको छ । जनयुद्ध स्मृति प्रतिष्ठानको पहल र नेपाल सरकारलो सहयोगमा सो संग्राहलय निर्माण हुने भएको हो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले केही महिनाअघि जनयुद्ध प्रतिष्ठानलाई आठ बिघा जमिन दान गरेका थिए । नेता बस्नेतका अनुसार यस जनयुद्ध संग्रहलयमा... पुरा पढ्नुहोस
मोरङमै अब्बल बन्दै बेलबारी नगरपालिकाको न्यायिक समिति, एकै दिन दश वटा उजुरी दर्ता
- 6 बर्ष, 1 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
मोरङमै न्याय सम्पादनमा उत्कृष्ट मानिएको बेलबारी नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय उजुरीको चाप बढ्न थालेको छ । मुद्दाको चापलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन छलफल एवम् मेलमिलापको कार्यलाई प्राथमिकता दिएर उजुरीको निकास दिंदै गएपछि उजुरी बढ्न थालेका हुन् । मंङ्सिर १६ गते अर्थात सोमबार एकैदिन बेलबारी नगरपालिकाको न्यायिक समितिमा... पुरा पढ्नुहोस
केराबारीमा शुरु भो फुड फेस्टिबल एण्ड टुरिजम फेयर, जाने हैन प्याराग्लाइडिङ खेल्न ?’
- 6 बर्ष, 1 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने तथा पर्यटनको प्रबर्द्धन र बिकास गर्ने उदेश्यले सोमबारदेखि मोरङको केराबारीमा फुड एण्ड म्युजिकल फेस्टिबल तथा टुरिजम फेयर शुरु भएको छ । केराबारी गाउँपालिकाको सहयोग र केराबारी होटल तथा पेय पदार्थ व्यवसायी संघको आयोजनामा फेष्टिबल शुरु भएको हो । मंसिर २४ गतेसम्म चल्ने फेस्टिबल तथा... पुरा पढ्नुहोस











