बेलबारीमा आइएमइ लाइफको बिमा सचेतना कार्यक्रम सम्पन्न
- २८ चैत्र २०८२, शनिबार
आइएमइ लाइफ इन्स्योरेन्सको आयोजनामा मोरङ बेलबारीमा बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारी नगरपालिका वडा नम्बर ३ स्थित आदिबासी जनजाति सभाहलमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । आइएमइ लाइफ इन्स्योरेन्स पथरी अन्तरगत संचालित बिमा अभिमुखीकरण कार्यक्रममा बिमा अभिकर्ता, बिमित तथा अन्य ब्यक्तिहरुसमेत गरी करिब ५० जनाको उपस्थिति थियो ।
बेलबारी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलबारी ३ कि वडा सदस्य बिमला तामाङ, आइएमइ लाइफ इन्स्योरेन्स पथरी शाखा प्रमुख चन्द्र कुमार राई, लगायतको आतिथ्यता थियो । आइएमइ लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर चन्द्रप्रसाद लिम्बुले सन्चालन गरेको कार्यक्रम दीर्घ जीवन योग प्रयोगशाला संचालन सहयोग समितिकी कोषाध्यक्ष बिष्णु कुमारी गुरुङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जीवन बिमाको महत्त्व, यसका फाइदा आदिबारे छलफल भएको आइएमइ लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर चन्द्रप्रसाद लिम्बुले बताए ।



































































