लेटाङमा हिरासत पुस्तकालयका लागि सहयोग जुट्दै
- २० चैत्र २०८२, शुक्रबार
“किताबले सोच बदल्छ, सोचले व्यवहार बदल्छ” भन्ने विश्वासका साथ इलाका प्रहरी कार्यालय, लेटाङमा स्थापना गरिएको हिरासत पुस्तकालय (Custody Library) का लागि सहयोग जुट्दै गएको छ ।
सो क्रममा लेटाङ निवासी पत्रकारहरू प्रशान्त निरौला, रेवती निरौला, अर्जुन लिम्बू र निरोज ढकालले पनि विभिन्न पुस्तकहरू सहयोग गरेका छन् । हिरासतमा रहेका व्यक्तिहरूको सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको यस पुस्तकालयमार्फत सुधारमुखी वातावरण निर्माण गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
यस अभियानलाई अझ प्रभावकारी बनाउन पुस्तक सहयोगमार्फत सहभागी हुन सम्पूर्ण सर्वसाधारण तथा सरोकारवालाहरूलाई अनुरोध गरिएको छ । “तपाईंको साथ सुधारको आश” भन्ने सन्देशसहित शुरु भएको अभियानबाट जुटेका पुस्तकहरुको अध्ययनबाट थुनुवाहरूमा चेतना र व्यवहारमा सुधार आउने विश्वास गरिएको छ ।



































































