केराबारीमा तीनवटा संस्थाको आयोजनामा रक्तदान, ५२ प्रिण्ट रगत संकलन
- २८ चैत्र २०८२, शनिबार
मोरङको केराबारीमा तीनवटा संस्थाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वी नेपालमा हुने रगतको अभावलाई परिपुर्ति गर्ने मुल उद्देश्यले २०८२ चैत २७ गते शुक्रबारका दिन केराबारी बचत तथा ऋण सहकारी संस्था लि., शुभ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र मोरङ सुनसरी सेवा समाज नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमबाट ५२ प्रिण्ट रगत संकलन भएको आयोजकले जनाएका छन् ।
आयोजक मध्येको केराबारी बचत तथा ऋण सहकारी संस्था लि.केराबारी बजार क्षेत्रका ४ वटा संस्था एकीकृत भई बनेको सहकारी संस्था हो भने शुभ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति केराबारी बजार र आसपास क्षेत्रमा खानेपानी उपलब्ध गराउने प्रमुख संस्था हो । त्यस्तै मोरङ सुनसरी सेवा समाज नेपाल बीस बर्षभन्दा लामो समयदेखि परोपकारी काममा सक्रिय एक सामाजिक संस्था हो ।



































































