प्रमुख

प्रदेश समितिका सचिवालय सदस्यसहित केराबारी २ का २० जनाले छाडे एमाले

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीसहित केराबारी २ का १९ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ (ख) बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरे पनि एमालेले सो क्षेत्रबाट खड्ग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय... पुरा पढ्नुहोस

सरोज र पुजा बने नोबेल मिस्टर एण्ड मिस थारु आइकन

सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् । थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल... पुरा पढ्नुहोस

अमनलाल मोदी भन्छन् -‘थारु समुदायले चुनावमा डा. सुनिल शर्मालाई सघाउँछन्’

प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङ क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् । नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै... पुरा पढ्नुहोस

मोरङ बेलबारीमा हुनेभो प्रथम टी-20 प्रिमियर लिग, स्पोन्सरहरुको खोजी हुँदै

मोरङको बेलबारीमा मंसिर १० देखि १७ गतेसम्म बेलबारी नगर स्तरीय प्रथम टि -२० प्रिमियर लिग (क्रिकेट) २०७९ आयोजना हुने भएको छ । 'बेलबारी नगरको पहिचान, क्रिकेट बिकासमा हाम्रो ध्यान' भन्ने नाराका साथ बेलबारी ४ स्थित वेतना युनाइटेड क्लबको मैदानमा प्रथम बेलबारी प्रिमियर लिग आयोजना  हुने भएको हो । बेलबारी क्रिकेट... पुरा पढ्नुहोस

प्रेस सेन्टर नेपालद्वारा निर्वाचन संयन्त्र निर्माण गर्ने निर्णयको बिरोध, निर्णय सच्याउन माग

प्रेस सेन्टर नेपालले संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी संयन्त्र निर्माण गरेको विषयप्रति  गम्भीर आपत्ति प्रकट गरेको छ । संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै आयोगको उक्त रबैयाले प्रेस स्वतन्त्रता र मौलिक हकमाथि... पुरा पढ्नुहोस

विवादका बिच बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति बिस्तार, उपमेयरको असहमति

प्रज्ञा प्रतिष्ठान ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति गठन गरेको भन्दै ब्यापक आलोचना भए पनि बेलबारी नगरपालिकाले त्यही समिति बिस्तार गरेको छ । कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गरिएको भन्दै  बेलबारीका पुराना श्रष्टा, लेखक र साहित्यकारहरु बिरोधमा... पुरा पढ्नुहोस

बेलबारी प्रज्ञा प्रतिष्ठानबारे श्रष्टा, लेखक र साहित्यकारको बिरोध, नगरपालिकाद्वारा बचाउ

बेलबारी नगरपालिकाले आफैंले बनाएको ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गठन गरेपछि बेलबारीका पुराना श्रष्टा तथा लेखक र साहित्यकारहरु बिरोधमा उत्रिएका छन् । प्राज्ञिक संस्थामा योग्य, सक्षम तथा योगदान गरेका श्रस्टाहरुलाइ समेट्नुको सट्टा दलीय भागबन्डालाई आधार... पुरा पढ्नुहोस

खदम हिल साकोसको चौथो साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी १० को चौथो बार्षिक साधारणसभाले मनोज खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । असोज १३ गते अर्थात बिहीबार इलामको कुटीडाँडास्थित हिलहुड रिसोर्टमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको... पुरा पढ्नुहोस

दलीय भागबण्डाबाट गठन भो बेलबारी प्रज्ञा प्रतिष्ठान, निर्णय सच्याउन माग

दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै त्यसकाे बिरोधमा  बेलबारी नगरपालिकामा ध्यानाकर्षण वुझाइएकाे छ । भाषा, कला-साहित्य, गीतसङ्गीतकाे सर्वाङ्गीण विकासका लागि गठित प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डा भएकाे र सम्बन्धित क्षेत्रमा योगदान नै नभएका ब्यक्तिहरुलाइ प्रतिष्ठानको समितिमा भन्दै चाैतर्फी विराेध भइरहेकाे बेलामा बिहिबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशु... पुरा पढ्नुहोस

झन्डै अढाई करोडमा बन्यो इप्रका बेलबारीको भवन, बनिसकेको डेढ बर्षपछि उद्घाटन

इलाका प्रहरी कार्यालय बेलबारी मोरङको नवनिर्मित भवन उद्घाटन भएको छ । निर्माण सम्पन्न भएको एक बर्षपछि असोज ११ गते प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवन उद्घाटन गरेका हुन् । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,... पुरा पढ्नुहोस