चारवटा सामुदायिक विद्यालयलाई सृजना सामुदायिक वनले दियो साढे ३ लाख
- १३ चैत्र २०८२, शुक्रबार
मोरङ बेलबारी १० मा अवस्थित सृजना सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्यजना अनुसार चारवटा सामुदायिक विद्यालयहरूलाई साढे ३ लाख रुपयाँ आर्थिक सहयोग गरेको छ ।

सामुदायिक वनले शुक्रबार एक कार्यक्रम गरी दुईवटा आधारभूत विद्यालय र दुईवटा माध्यमिक विद्यालय गरी चारवटा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।
सहयोग पाउने विद्यालयहरूमा रणपाल आधारभूत विद्यालय, एकता आधारभूत विद्यालय, महेन्द्र माध्यमिक विद्यालय र धिरनाथ सम्फुल माध्यमिक विद्यालय छन् । तीमध्ये दुइवटा आधारभूत बिद्यालयलाइ ७५ हजारको दरले सहयोग गरिएको छ भने दुइवटा माध्यमिक बिद्यालयलाइ एक एक लाख प्रदान गरिएको छ ।
कार्यक्रमामा सृजना सामुदायिक वनका उपभोक्ता तथा समितिका पदाधिकारी एवम् सदस्यहरु, बिभिन्न बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, तथा शिक्षकहरु र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनपति गौतम र सृजना सामुदायिक वनका अध्यक्ष देउमान सुब्बाले ती बिद्यालयहरुलाई चेक हस्तान्तरण गरेका थिए ।
धिरनाथ सम्फुल माध्यमिक बिद्यालयका ब्यबस्थापन समिति सदस्य शंकरबहादुर खड्का र शिक्षक फडिन्द्र पराजुली, महेन्द्र माविका ब्यबस्थापन समिति अध्यक्ष शंकर गुरुङ र शिक्षक माधवप्रसाद पोख्रेल, एकता आधारभूत बिद्यालयका प्रधानाध्यापक चेतन तिम्सिना र शिक्षक अभिभावक संघका अध्यक्ष याकुब राइ, र रणपाल आधारभूत बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष होम प्रसाद बास्कोटा र प्रधानाध्यापक भोलाराज चाम्लागाइँले चेक लिएका थिए ।

कार्यक्रममा बोल्दै रणपाल आधारभूत बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष होम प्रसाद बास्कोटाले बिगतमा सामुदायिक बनमा रहँदा रजाई गरेका केही स्वार्थी व्यक्ति तथा समुहले बारम्बार मुद्दा मामिला गरेर सामुदायिक वनको अहिलेको समितिलाई काम गर्न अबरोध गरे पनि त्यस्ता तत्वहरुको प्रयास बिफल भएको बताए । सामुदायिक बिध्यालायाहरुलाई सहयोग गरेकोमा उनले धन्यबाद दिए ।
प्रमुख अतिथि बेलबारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनपति गौतमले पनि जालझेल, मुद्दामामिला र अबरोधका बिच अहिलेको कार्यसमितिले वन उपभोक्ता र समुदायको हितका पक्षमा राम्रो काम गरेको बताए ।सामुदायिक बिद्यालयहरुलाई सहयोग हस्तान्तरण कार्यक्रमामा बोल्दै कार्यक्रमका सभापति तथा सृजना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देउमान सुब्बाले सृजना सामुदायिक वनको बीस पच्चीस बर्षे इतिहासमा यस अघिको कार्यकाल गुजारेका समितिका पदाधिकारीहरुले आम्दानी खर्च पारदर्शिता बनाउन नसकी उल्टै ऋण बोकाएर गएको तर बर्तमान समितिले पारदर्शीता कायम गर्दै भवन निर्माण लगायत एक हजार नौ सय उपभोक्ता र समुदायको हितका लागि धेरै काम गर्दा पनि उजुर बाजुर र मुदा मामिला गरेर काम गर्न नदिइएको बताए । बाधा र अबरोधकै कारण गत बर्षनै गर्नुपर्ने कार्यक्रम यसबर्ष गरिएको बताए केही महिनाअघि भएको साधारणसभाले कार्ययोजना पारित र बिधान समेत संशोधन गरेको भए पनि यस बर्ष हालसम्म काठ निकाल्न र पान नम्बर लिन नपाएको उनले बताए ।
सामुदायिक वनको लेखा समिति संयोजक कृष्ण गौतमले संचालन गरेको कार्यक्रममा कार्यसमिति उपाध्यक्ष सबिता कटुवालले स्वागत मन्तब्य राखेकी थिइन् ।







































































