लेख /सम्पादकीय

पुर्वेली जनताका सहारा एवम् आशा र भरोसाका केन्द्र बन्दै डा. सुनिल शर्मा

भनिन्छ, धन हुनेको मन हुँदैन र मन हुनेसँग धन हुँदैन । अर्थात्, धन र मन दुवै भएका मानव पाउन मुस्किल पर्छ । तर आफ्नै संघर्ष र पौरखबाट यी दुवै कुरा भएका ब्यक्ति हुन् डा. सुनील शर्मा । विराटनगर, काठमाडौँ र कोहलपुरमा गरी तीनवटा मेडिकल कलेज एवम् अस्पतालहरुका सञ्चालक डा. शर्मा... पुरा पढ्नुहोस

कोरोना भाइरसको महामारी र व्यक्तिगत सुरक्षा सामग्री एवम् पीपिइको आवश्यकता

विश्व स्वास्थ्य संगठनले चीनको वुहान प्रान्तबाट पछिल्लो समयमा देखा परेको र हाल विश्वको करिव २०० भन्दा बढी राष्ट्रहरुमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेसँगै हाल व्यक्तिगत सुरक्षा सामाग्री (PPE) को बारेमा मानिसलाई कौतुहलता जागिरहेको वर्तमान अवस्था सर्वविदितै छ । नेपालमा पनि उक्त कोरोना... पुरा पढ्नुहोस

नयाँ बर्ष मनाउने हाम्रो परिपाटी र घरभित्र लुकेका खुसीहरु

प्रचलनमा रहेको क्यालेन्डरको पहिलो दिनलाई नयाँ बर्ष आरम्भको दिन भनेर हामी बुझ्छौँ । नेपाल लगायत विक्रम संवत् मान्ने स्थानहरुमा बैशाख १ गतेलाई नयाँ बर्ष मानिन्छ । पन्चाङ्गमा आधारित यस आधिकारिक र प्रचलित संवतका रुपमा विक्रम सम्वतलाई मानिन्छ । खासगरी सूर्य ग्रहसंग सम्बन्धित भएकाले सौर्य पात्रोको नामाकरण गरिएको यस पात्रोलाई नेपाल... पुरा पढ्नुहोस

कोरोनाको महामारी एवम् श्रष्टा र जनप्रतिनिधिको रूपमा भोगिएको लकडाउन

लकडाउनका कारण गृहभूगोल बाहिर भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट,फेसबुक,वाट्सप ट्‍वीटर,रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरु प्राप्त गरिरहेकी छु । प्राप्त भएजति सबै प्रकारका उपयोगी र नितिगत विषयहरुसंग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु । जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समिरद्वारा लिखित कोरोना विशेष लेखहरु नछुटाई पढ्ने गरेको छु । नगरभित्र... पुरा पढ्नुहोस

शुत्रका आधारमा चलेको लकडाउन र सङ्कटमा देखिएका उज्ज्याला सङ्केतहरू

यो समयमा हामी सबैजना लकडाउनको जीवन व्यतित गरिरहेका छौँ । तपाईँ घरमै हुनुहुन्छ होला । घरमा भएपनि संसारले यो वेला इतिहासकै सबैभन्दा ठूलो र अनौठो संघर्ष र झेलिरहेको छ भन्ने हामीले बुझेकै छौँ । हामी यो सङ्कटबाट उम्कने प्रयासमा छौँ । तर यो सङ्कट कसरी सकिन्छ भन्ने कसैलाई थाहा छैन ।... पुरा पढ्नुहोस

कोरोना भाइरसको महामारी र नेपालमा अपनाउनुपर्ने सतर्कता

चिनबाट शुरु भएको कोरोना भाइरसले विश्वभर बिस्तारै महामारिको रुप धारण गर्दै गैरहेको छ । कोरोनाबाट दिनहुँ संक्रमण हुने संख्या तिब्र रुपमा वृद्दी भइरहेको छ । चालीस पचास हजार मानिसको मृत्यु भैसक्दा यसबाट विश्व समुदाय चिन्तित बनेको छ ।  हाम्रो देश नेपालमा समेत कोरोना भाइरस संक्रमीत फेला परिसकेको र संक्रमणको आशंका... पुरा पढ्नुहोस

संयन्त्र सञ्चार सहकारीको नौ बर्ष र बेलबारीमा रेडियो स्थापनाको इतिहास

मोरङ बेलबारी १ स्थित संयन्त्र सञ्चार सहकारीको नवौं बार्षिक साधारणसभा तथा त्यही सहकारीद्वारा संचालित रेडियो बेतनाको सातौं बार्षिकोत्सब हालै सम्पन्न भयो । तर रेडियोको संचालन गर्ने संस्था संयन्त्र सञ्चार सहकारी र रेडियो स्थापना कहिले र कसरी भयो भन्ने धेरैलाई थाहा छैन । कतिपयले रेेेडियोको स्टेसन (स्टुडियो) तथा टावर निर्माणको रेडियोको... पुरा पढ्नुहोस

स्मार्ट मात्रै बन्न खोजेर कसरी हुन्छ हाम्रो उन्नति र प्रगति ?

युएई भनौं दुबईमा थिएँ । छुट्टीको दिन अर्थात् शुक्रबार थियो । हप्ताभरको ड्युटीले थकित ज्यानलाई आराम गर है भाइ भन्नेबाहेक त्यो दिनको कुनै पूर्वयोजना थिएन । बिहान इमेलमा आएका समाचार अनलाइनमा प्रकाशन गरेपछि होटलतिर गएँ । खाने क्रममा दुई÷चार वर्षदेखि दुबईतिरै बस्ने र ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत... पुरा पढ्नुहोस

किन जरुरी छ पत्रकारका दलीय संगठनहरुको खारेजी ?

 प्रत्यक्ष वा परोक्ष रुपमा पत्रकारिता गर्न थालेको झण्डै अढाई दशक भइसकेछ ।  वि.स. २०५० साल पछिबाट सुरु भएको  पत्रकारिताका सुरुका केही वर्ष सिकाईकै क्रममा विते पनि त्यसबेला तेह्रथुमबाट प्रकाशिन हुने ‘खोजतलास साप्ताहिक’, ‘ताप्लेजुङ साप्ताहिक’, पछि आफैले सम्पादन गरेको ‘अन्तरदृष्टि’ साप्ताहिक, र काठकाडौबाट प्रकाशन हुने ‘स्पेसटाईम, र ‘नेपाल समाचार पत्र’ हुँदै... पुरा पढ्नुहोस

सुन्दरहरैँचामा गरिएको एक ‘पत्रकार सम्मेलन’, जहाँ पत्रकारलाई छिरिक्क बोल्नै दिइएन

राज पोख्रेल, बिराटचोक/  सुन्दरहरैचा सांँस्कृतिक समाजद्वारा आयोजित पत्रकार सम्मेलन बिहान १० बजेदेखि शुरु हुने भनेर आसपासका  सबैजसो सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगे । तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथिलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजेसम्म बिना... पुरा पढ्नुहोस