पूर्वी नेपाल

धनकुटामा भीषण आगलागी, ६ घर जलेर नष्ट, पुरै बस्ती उच्च जोखिममा

इश्वरी घिमिरे / जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि धनकुटाको एउटा गााउँमा नै भीषण आगलागी भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ तेलियास्थित भञ्ज्याङ् डाँडा सामुदायिक वनबाट आइतबार बिहान सुरु भएको आगो बस्तीमा प्रवेश गरेपछि स्थानीय गाउँका ६ ओटा घर तथा गोठ पुर्णरुपमा जलेर नष्ट भएका छन्... पुरा पढ्नुहोस

धुर्मुस सुन्तली फाउण्डेसनलाई स्मृति स्कुलले गर्यो डेढ लाख  सहयोग

 ईश्वरी घिमिरे(बुढीगंगा,मोरङ)/ मोरङको बुढीगंगा ३, नेमुवास्थित स्मृति इङ्लिस बोर्डिङ स्कुलले चितवनमा निर्माण शुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। स्कुलको १४ औँ बर्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको अवसर पारेर स्कुलकी प्रीन्सिपल तथा सामाजिक अभियान्ता... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा धिमाललाई प्रथम जाति घोषणा, धिमाल वृद्धवृद्धा पनि सम्मानित

मोरङको बेलबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जाति घोषणा गरेको छ । बेलबारी नगरपालिकामा बिहीबार एक कार्यक्रम गरी धिमाललाई पहिलो जाति घोषणा गरिएको हो । नगरपालिकास्थित आदिवासी जनजाति सभाहलमा आयोजित ‘धिमाल प्रथम जाति घोषणा तथा अभिनन्दन समारोह' मा धिमालहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यसमा पनि पुरुषभन्दा महिलाहरुको बाहुल्यता थियो ।... पुरा पढ्नुहोस

सामुहिक बलात्कारमा परिन् मोरङ लेटाङकी वालिका, बलात्कार गर्ने एउटा केटो पक्राउ

मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित थापा चौकका तीनजना युवाले मोरङकै लेटाङकी एक बालिकालाई सामुहिक बलात्कार गरेका छन् । लेटाङ नगरपालिका घर भएकी १३ वर्षीय बालिकालाई झुक्याएर उर्लाबारीस्थित घरमै लगेर उनीहरूले रातभर बलात्कार गरेको तीनदिनपछि सार्वजनिक भएको हो । बलात्कारमा संलग्न युवाहरमा रेवत भनेर चिनिने २५ वर्षीय चन्द्रमणि आचार्य, हजेम्स क्षेत्री, रेगन... पुरा पढ्नुहोस

भाउन्नेस्थित सृजना पार्कमा नेताहरूको लर्को, आए देउवासहित आधा दर्जन कांग्रेसी नेता पनि

विवेक मिश्र, बेलबारी मोरङ / मोरङको बेलबारी १० भाउन्ने स्थीत पुर्व पश्चिम राजमार्ग संगै रहेको सृजना सामुदायीक वन क्षेत्रमा रहेको सृजना पार्कमा केहि दिनदेखि राष्ट्रिय स्तरका शिर्ष नेताहरुद्धारा पार्कको अवलोकन गर्ने क्रम बढेको छ । बुधवार नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादर देउवा, कांग्रेसका नेताहरु विजय कुमार गच्छदार,... पुरा पढ्नुहोस

औषधि भन्दै किनेको जडिबुटी खाँदा धनकुटामा एकको मृत्यु, पाँच घाईते

धनकुटा / औषधी भन्दै खानामा जडिबुटी मिसाएर  खाएपछि धनकुटा नगरपालिका ९ का माधब प्रधानको मृत्यु भएको छ। सोमबार बेलुकीको खानामा जडिबुटी मिलाएर खाएपछि  सुतेका प्रधान राती बिरामी भएका थिए । उनको मंगलबार विहान उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा नगरपालिका वडा नं.९ बेलहाराका ६२ बर्षिय  प्रधानको... पुरा पढ्नुहोस

सकियो रे बेलबारी नगरपालिकाको तेस्रो नगरसभा, संघीय सरकारसँग विभिन्न माग

बेलबारी नगरपालिकाको तेस्रो नगरसभाले ८ नम्बर वडामा रहेको पेट्रोल खानीको अन्वेषण तथा अध्ययन गरी उत्खनन् कार्य अघि बढाउन संंघीय सरकारसँग माग गरेको छ । मंगलबार सम्पन्न भएको भनिएको नगरसभाले सो माग गरेको हो । नगरसभाले गौचरणमा परिणत भएको पेट्रोल खानीको अध्ययनका लागि बजेट विनियोजन गर्न समेत माग गरेको छ । नगरसभाले... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन

केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन गरिएको छ । केराबारी ८ स्थित हिमचुली सामुदायिक वनको सभाहलमा गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यता र प्रदेश सभाषद उपेन्द्र घिमिरेको विशेष आतिथ्यता थियो । गाउँसभामा सम्पुर्ण जनप्रतिनिधि,... पुरा पढ्नुहोस

रहेनन् केराबारीकै जेठा र १ सय ४६ सन्तानका पुर्खा, १०८ बर्षको उमेरमा निधन

मोरङको केराबारी गाउँपालिकाका सबैभन्दा जेठा  नागरीक अडीमर्दन थापाको निधन भएको छ । १ सय ८ बर्षीय थापाको सोमबार राती आफ्नै निवास केराबारी ६ अमृत चोकमा  निधन भएको परिवारले जनाएका छन्  । थापाका तीन छोरा र पाँच वटी छोरी सहित छैटौं पुस्ता अर्थात खनाती खनातीनीसम्मका गरी १ सय ४६ सन्तान छन्... पुरा पढ्नुहोस

मोरङमा टुङ्गिने भयो नेकपाको पार्टी एकता, मिल्यो सबै स्थानीय तहको भागबण्डा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता कार्यदलले मोरङका १७ मध्ये १६ स्थानीय तहको एकता प्रक्रिया टुंग्याउने सहमति गरेको छ। शनिवार बसेको जिल्ला कार्यदलको बैठकले विराटनगर महानगरपालिका बाहेक स्थानीय तहमा एकता प्रक्रिया टुंगो लगाउने सहमति गरेको हो । कार्यदलमा १६ स्थानीय तहमध्ये पूर्वनेकपा एमालेले नौ तह र पूर्वमाओवादी केन्द्रले सात तहको नेतृत्व... पुरा पढ्नुहोस