जनादेश एकातिर, सडकमा किन पोख्छौ पिर ?
- १६ चैत्र २०८२, सोमबार
सरोज बास्तोला
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसम्बन्धी मुद्दा अदालत प्रवेश गरेसँगै अब राजनीतिक बहसभन्दा बढी कानुनी प्रक्रिया निर्णायक हुने स्पष्ट संकेत देखिएको छ। यसले सडक केन्द्रित दबाबभन्दा विधिको शासनलाई केन्द्रमा ल्याएको छ। तर आफुलाई लोकतन्त्रको ठेकेदार ठान्नेहरुले सडकमा बितण्डा मच्चाइरहेका छन् ।
सरकारी कार्यशैली र रबैयाप्रति असहमत हुनु र मतभेद हुनु स्वाभाविक पक्ष हो। अझ भनौ प्रतिपक्षीहरुको धर्म पनि हो तर असहमति शान्तिपूर्ण र बैधानिक हुनुपर्छ । अहिले सडकमा भइरहेका उदण्गड आन्म्भीदोलनले हामी वास्तवमा केका लागि संघर्ष गरिरहेका छौँ ? भन्सुने प्शारश्सन उब्नजाएको छ । भ्ष्टाचारमुक्त समाजका लागि कि फेरि अनिश्चितता र द्वन्द्वका लागि हो आम्दोलन ?
भर्खरै सम्पन्न निर्वाचनबाट जनताले पुराना शैली र पुराना अभ्यासप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक शक्तिप्रति विश्वास व्यक्त गरेका छन्। यो जनादेश सत्ताका लागि मात्र होइन, प्रणालीगत सुधार, पारदर्शिता र जवाफदेहिताका लागि हो। यही सन्दर्भमा सार्वजनिक गरिएका सुधारका कार्यसूचीले आशा जगाएको छ। तर त्यही बीचमा देखिने व्यक्ति–केन्द्रित सडक आन्दोलनले फेरि प्रश्न उठाउँछ—हामी सुधारतर्फ अघि बढ्दैछौँ कि फेरि भावनात्मक राजनीतिमा अल्झिँदैछौँ ?
जनताको आवाज महत्त्वपूर्ण छ, तर त्यो आवाज तथ्य, विवेक र विधिमा आधारित हुनुपर्छ। आवेगले निर्देशित आन्दोलनले उद्देश्यभन्दा बढी भ्रम सिर्जना गर्न सक्छ। देशलाई अहिले आवश्यक छ संयम, जिम्मेवारी र स्पष्ट दिशा। परिवर्तन नाराले होइन, प्रणालीगत सुधार र व्यवहारले सम्भव हुन्छ। अन्ततः प्रश्न व्यक्ति होइन, प्रक्रिया हो—कोका लागि होइन, “कसरी” भन्ने हो। सही बाटो रोजे मात्र देश सही गन्तव्यमा पुग्न सक्छ नत्र त भीरबाट हाम फाल्ने होरुलाई राम राम भन्न सकिन्छ रत काँध हाल्न सकिन्न ।


































































