भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनीहरूलाई लाई प्रहरीले पक्राउ गरेको हो। लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।
ओलीएलाइ पनि पक्राउ गरि काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइएको प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
यसअघि ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि अध्यक्ष ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका थिए।
वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई उनले बोलाएका थिए।
एमालेका नेता कार्यकर्ताले प्रहरीलाई निवासभित्र प्रवेश गर्न अवरोध गरेका थिए। केहीबेर धकेलाधकेलसमेत भएको थियो।
शुक्रबार गठित मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुखसँग छलफल गरेका थिए।