केराबारीमा कांग्रेसका वडा सभापति सहित ९० जना वढी रास्वपा प्रवेश
- २७ माघ २०८२, सोमबार
। नेपाली कांग्रेस पार्टीका केराबारी गाउँपालिका वडा नं.३ का वडासभापति डम्बर मल्ल सहित विभिन्न पार्टीमा आस्था राख्नेहरु रास्वपामा प्रवेश गरेका छन् ।
आज केराबारी ३ को त्रिवेणी चोक स्थित डम्बर मल्लको घरमा भएको पार्टी प्रवेश कार्यक्रममा उत्तम विक कुन्ता मंग्राती गोपाल श्रेष्ठ लगायत एमाले,माओवादी र कांग्रेसका ९० जना वढी रास्वपामा प्रवेश गरेको रास्वपा केराबारीका सचिव रुद्रवहादुर खत्रीले बताएका छन् ।
मल्लले केही दिन अघि सामाजिक संञ्जाल मार्फत नेपाली कांग्रेसको कुनैपनि सदस्य नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराएका थिए ।
रास्वपा प्रवेश गरेका मल्ल सहित विभिन्न व्यक्तिहरुलाई मोरंग क्षेत्र नं.१ का उमेद्धार यज्ञमणि न्यौपाने ले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।







































































