केराबारी गाउँपालिकाले संञ्चालनमा ल्यायो नागरिक आरोग्य सेवा केन्द्र

  • २४ माघ २०८२, शुक्रबार

 केराबारी गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र संञ्चालनमा ल्याएको छ ।
शुक्रबार केराबारी गाउँपालिकाको वडा नं.१० मा गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा सेवाकेन्द्रको उद्घाटन गरेका छन् । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ संचालंत गर्न थालिएको केन्द्रमा पालिकामा रहेका नागरिकहरुलाई योग ध्यान तथा आर्युवेधिक चिकात्सा पद्धती मार्फत उपचार गराई स्वस्थ र निरोगी बनाउन प्रोत्साहन गर्ने उदेश्य राखिएको छ । केराबारी गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत संञ्चालनमा आएको सेवाकेन्द्रमा दैनिक आयुवेद चिकित्सा पद्धति अनुसार उपचार गराइनुका साथै योग ध्यान मार्फत स्वस्थ रहन प्रोत्साहित गरिने स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईले बताए  ।
अव्यवस्थित खानपान,आहार तथा व्यस्तताका कारण पछिलो समय उच्च रक्तचाप,सुगर मृर्गौला रोगीहरुको संख्या वढ्दै गएकोले यस्ता रोग लाग्नै नदिन र लागेका भए न्युनिकरण गर्ने पालिकाले दिर्घकालिन लक्ष्यका साथ यो सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले बताए  ।

केराबारीका नागरिकलाई निरोगी बनाउन पालिका अस्पताल मार्फन आधुनिक प्रविधि मार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको र १५ शैयाको वेड सहित २४ सै घण्टा उपचार पाउने गरी निकट भविश्यमा नै स्वास्थय सेवा सुरु गर्न लागेको बताउदै आर्यूृवेद चिकित्सा पद्धति अनुसार विभिन्न २३ ओटा औषधि निशुल्क उपलध्ध गराउने गरी यो सेवा सुरु गरिएको छ । निकट भविश्यमा सकेसम्म भवन निशुल्क निर्माण गरिदिने निशुल्क सबै आर्युवेद औषधिहरु बाँढ्ने अध्यक्षम मागराले बताए ।

सबै रोगहरु औषधिले मात्र निको नहुने र कतिपय रोगहरु दैनिक अभ्यास र योग साधनाबाट निको हुने  भएकोले चाडै नै दैनिक योग शिविर साधना सेवा संञ्चालनमा ल्याउने तयारी समेत भइरहेको मगरले बताए ।  कार्यक्रममा स्वास्थ्यकर्मी,वडाध्यक्ष,जनप्रतिनीधि राजनीतिक दल लगायतको उपस्थिती रहेको थियो ।