प्रमुख

केराबारीमा एकैसाथ ऐतिहासिक मच्छिन्द्र मेला र तेस्रो मच्छिन्द्र कप फुटबल सुरु

मोरङको केराबारीमा ऐतिहासिक, धार्मिक, सास्कृतिक मच्छिन्द्र मेला सुरु भएको छ । परम्परागत रुपमा हरेक वर्ष लाग्दै आएको मच्छिन्द्र मेला यस वर्ष पनि केराबारी ८ स्थित प्रस्तावित केराबारी रंगशालामा शनिबारदेखि सुरु भएको हो । मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिङ मगरले गरेका थिए । मेला उद्घाटन कार्यक्रममा साकेला नृत्य,किरात राई यायोक्खाले... पुरा पढ्नुहोस

केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न

प्रस्तावित केराबारी उद्योग बाणिज्य संघको रूपमा रहेकोे केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । केराबारी ८ मा अबस्थित बन्धु पार्टी प्यालेसमा शुक्रबार साधारणसभा भएको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशुन शाहीको अध्यक्षतामा साधारणसभा भएको हो... पुरा पढ्नुहोस

बागदेवी सामुदायिक वनद्वारा उपभोक्ताहरुलाइ निशुल्क दाउरा बितरण

। बेलबारी २ मा अबस्थित बागदेवी सामुदायिक वन उपभोक्ता समूहले हुस्सु र शितलहरबाट प्रभावित उपभोक्ताहरुलाइ निशुल्क दाउरा बितरण गरेको छ । हुस्सु र शितलहर आइ अत्याधिक चिसो बढ्न गई कष्टकर जनजीवन बिताइरहेका उपभोक्ताहरुको लागि वनले टोल टोलमा दाउरा बितरण गरेको हो । अध्यक्ष रामचन्द्र भट्टराईका अनुसार वालवालिका, बृद्धवृद्धा र असहाय... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रम गरी बुद्ध माविले मनायो ४५ औं बार्षिकोत्सव

केराबारी क्षेत्रकै अब्बल मध्ये मानिने केराबारी ९ मा अबस्थित श्री बुद्ध माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बुधबार स्कुल परिसरमा कार्यक्रम आयोजना गरी विद्यालयले ४५ औं बार्षिकोत्सव मनाएको हो । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष कन्चनकुमार बुढाथोकीको अध्यक्षता र कोशी प्रदेश सांसद... पुरा पढ्नुहोस

त्रिवेणी फुटबल क्लब धनकुटाले जित्यो तमु ल्होसार नकआउटको उपाधी

मोरङको केराबारी ९ बेलचौरीमा आयोजित तमु ल्होसार नकआउटको उपाधी त्रिवेणी फुटबल क्लब, धनकुटाले जितेको छ । ल्होसारको अबसरमा भएको नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा लालभित्ती फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै धनकुटाले उपाधी जितेको हो । बुधबार भएको फाइनल खेलमा धनकुटाका लागि स्वराज राउतले खेल शुरु भएको आठौं मिनेटमा पहिलो... पुरा पढ्नुहोस

बेलबारीमा प्रदेशस्तरीय अप टु १५ खुल्ला नकआउट प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक बिजयी

बेलबारीमा आयोजित प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ फुटबल क्लबलाई पराजित गर्दै बेलबारी फुटबल क्लब बिजयी भएको छ । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारीस्थित टुक्रे खेल मैदानमा भएको उद्घाटन खेलमा लेटाङलाई - गोलले पराजित गर्दै आयोजक बेलबारी बिजयी भएको हो । बेलबारीका लागि जर्सी... पुरा पढ्नुहोस

बेलबारीमा प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै

बेलबारीमा पौष १६ गतेदेखि २७ गतेसम्म कोशी प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी ३ स्थित टुक्रे खेल मैदानमा हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ वटा टीमहरु सहभागी हुनेछन् । प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका, सुनबर्सी फुटबल क्लब, न्यु स्टार... पुरा पढ्नुहोस

शुभ खानेपानीको ४२ औं बार्षिक साधारणसभा, पुर्व अध्यक्ष र कर्मचारीहरु सम्मानित

मोरङ केराबारीस्थित शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ४२ औं बार्षिक साधारणसभा भएको छ । कोशी प्रदेश सांसद खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यता, केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको विशेष आतिथ्यता र शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गोकुलबहादुर थापाको अध्यक्षतामा साधारणसभा भएको हो । केराबारी ८ स्थित हजारबिघा सामुदायिक... पुरा पढ्नुहोस

सञ्चार क्लबको २१ औं वार्षिक साधारणसभा सम्पन्न , ४ सञ्चारकर्मी सम्मानित

रामकुमार परियार, पथरी । सञ्चार क्लब नेपाल उर्लाबारीको २१ औं वार्षिक साधारणसभामा ४ जना पत्रकारलाई सम्मान गरिएको छ । मोरङको मिक्लाजुङ्ग गाउँपालिका वडा नं २ स्थित कुईनेटारमा बिहिवार सम्पन्न वार्षिक साधारणसभामा सञ्चार क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने ४ जना पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा सञ्चार क्लब पत्रकारिता सम्मान तथा... पुरा पढ्नुहोस

तमु ल्होसार नकआउट : चौथो क्वाटर फाइनलमा डाँगीहाटलाइ हराउँदै पथरी बिजयी

ल्होसारको अबसरमा मोरङको केराबारी ९ बेलचौरीमा जारी तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको चौथो दिनको क्वाटर फाइनल खेलमा डाँगीहाट फुटबल कलबलाई २-० ले पराजित गर्दै बिशाल युथ क्लब पथरी बिजयी भएको छ । पहिलो हापको आठौं मिनेटमा पथरीका जर्सी नम्बर ९ का खेलाडी करन थापाले पथरीको लागि पहिलो गोल... पुरा पढ्नुहोस