प्रमुख
चरम बिवादमा फस्यो टंकी जेसिज , विधिको शासन मान्छौं भन्नेहरुबाटै अदालतको बेवास्ता
- 7 बर्ष, 3 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
विराटनगर / विधिको शासनलाई स्वीकार गर्छौं भन्नेहरुबाटै नेपाल जेसिजमा विधानको उल्लंघन र अदालतको समेत बेवास्ता भएपछी राष्ट्रिय महाधिवेशनको पदाधिकारी विवाद उत्कर्षमा पुगेको छ। संस्थाको विधान विपरीत कार्य गरेको भनी उच्च अदालत विराटनगरमा मुद्दा खेपिरहेका टंकीसिनिवारी जेसिजका पदाधिकारीहरुद्वारा नै राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि तथा उम्मेद्वार नै छनोट गरिएपछि उक्त विवाद चुलिएको... पुरा पढ्नुहोस
झापाका यी सासू ससुरा, जसले आफ्नै बुहारीलाई छोरी बनाएर अन्माए
- 7 बर्ष, 3 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
झापाको शिवसताक्षी नगरपालिका-११ का एक दम्पत्तिले आफ्नै बुहारीलाई छोरी मानेर अन्माएका छन् । छोराको मृत्यु भएको चार वर्षसम्म एकल जीवन बिताएकी बुहारी अनुशालाई झापाकै माइधामस्थित मन्दिरमा सोमबार ससुरा खिलबहादुर र सासु भगिमाया रोक्काले बाबू र आमा बनेर हिन्दु संस्कार अनुसार मोरङ हसन्दहका गोविन्द अधिकारीसंंग बिवाह गरिदिएका हुन् । कलेजोको क्यान्सरका... पुरा पढ्नुहोस
लैंगिक हिंसा विरुद्धको अभियान चलिरहंदा झन् पो बढेछन् हिंसाका घटना
- 7 बर्ष, 3 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
दिपेन्द्र यादव, इनरुवा । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सुनसरीमा दुई दर्जनभन्दा बढी हिंसाका घटना भएका छन् । यो अवधिमा दुई वटा बलात्कार, एउटा बहुविवाह, १२ वटा घरेलु हिंसा र ७ वटा कुटपिट सहित दुई दर्जन हिंसाका घटना भएको प्रहरीले जनाएको छ । नोभेम्बर २५ देखि सुरु भएको... पुरा पढ्नुहोस
आफ्नो तलवभत्ताबाट विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरे जनप्रतिनिधिले
- 7 बर्ष, 3 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् । सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले आज एक कार्यक्रमकाबीच त्यहाँ अध्ययनरत सवै ५० जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् । नगरपालिका... पुरा पढ्नुहोस
काठमाडौं सिन्धुलीगढी हुँदै जनकपुरसम्मको साइकल यात्रा चल्दै, यात्रीलाई बाटैभरी भब्य स्वागत
- 7 बर्ष, 3 महिना अगाडि
- २५ मंसिर २०७५, मंगलवार
समृद्ध सिन्धुली अभियानको आयोजनामा आइतबार सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा सोमबार सिन्धुलीगढीहुँदै सिन्धुलीमाढी पुगेको छ । यात्रीलाई बाटैभरि विभिन्न स्थानीय सरकारका प्रतिनिधि र संघसंस्थाले भब्य स्वागत गरेका थिए । साइकल यात्रा आइतबार राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको थियो । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा... पुरा पढ्नुहोस
उत्कृष्ट १२ मा परेपनि मिस वर्ल्डको ताज जित्न सकिनन् शृङ्खलाले, मेक्सिकोले जित्यो मिस वर्ल्ड
- 7 बर्ष, 3 महिना अगाडि
- २२ मंसिर २०७५, शनिबार
दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेपनि मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को उपाधि जित्ने सपना अधुरो बनेको छ । उनी मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी थिइन् तर अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भइन् । उत्कृष्ट १२ मा... पुरा पढ्नुहोस
कार्यकाल सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्दैनन् संघ संस्था
- 7 बर्ष, 3 महिना अगाडि
- २१ मंसिर २०७५, शुक्रबार
मोरङको बेलबारी नगरपालिका भित्र रहेका आधा दर्जन बढी संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा पनि साधारणसभा गर्न सकेका छैनन । उद्योग बाणिज्य संघ बेलबारी,बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समिति, अमना सिसौली सामुदायिक बन उपभोक्ता समुह लगायतका संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्न सकेका छैनन । बेलबारी... पुरा पढ्नुहोस
पुर्वी तराइमा डुलेर लाखौं कमाउंछन् पश्चिमका ब्यापारी
- 7 बर्ष, 3 महिना अगाडि
- २० मंसिर २०७५, बिहीबार
मोरङ। पश्चिमी नेपालका ब्यापारीहरुलेे पुर्वी तराइमा विभिन्न सरसामानकाे ब्यापार गरेेर राम्रो आम्दानी गर्दै अाएका छन् । बेरोजगारीको कारण देखाउंदै दिनहुुँ युवाहरू बिदेश पलायन भइरहेका बेला खासगरी पश्चिम पहाडका जिल्लाहरुबाट ब्यापारीहरु पुर्वमा आउने गरेका हुन् । कालिकोट, सुर्खेत, बझाङ, जाजरकोट लगायतका पश्चिम पहाडका विभिन्न जिल्लाहरुबाट पुर्वी तराइका जिल्लाहरुमा व्यापार गर्न आउने... पुरा पढ्नुहोस
को को परे नेकपाको १ नम्बर प्रदेश कमिटीमा, थाहा छ ?
- 7 बर्ष, 3 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
पार्टी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी गठन भएका छन् । नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका छन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । स्थायी कमिटी बैठक बसेर प्रदेश कमिटीको नाम अनुमोदन गर्ने भनिए... पुरा पढ्नुहोस
उत्तरी मोरङका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीसंग भेट, खोला र सुकुम्बासी समस्या हल गर्न माग
- 7 बर्ष, 3 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
उत्तरी मोरङका जनप्रतिनिधीहरुले प्रधानमन्त्री केपी अाेलीलाइ भेटर यी क्षेत्रका केही समस्या राख्दै समस्या समाधानको पहल गर्न माग गरेका छन् । सोमबार सिंहदरबार पुगेका उनीहरूले प्रधामन्त्रीलाई भेटेर खोलामा आउने बाढी यस क्षेत्रको प्रमुख समस्या भएकोले सोको समाधानका लागि पर्याप्त बजेट बिनियोजन गरिदिन आग्रह गरेका हुन् । उनीहरूले उत्तरी मोरङमा सुकुम्बासी समस्या... पुरा पढ्नुहोस











