पूर्वी नेपाल

रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

विश्वका विभिन्न देशहरुमा वैदेशिक रोजगारका लागि गएर फर्किएका नेपालीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रवासबाट आर्जित सिप, ज्ञान र पुँजी स्वदेशका लागि भन्ने नाराका साथ आगामी फागुन ४ गते इटहरीमा प्रदेश सम्मेलन आयोजना गरिएको प्रदेश नं. १ का सचिव भरत शिवाकोटीले... पुरा पढ्नुहोस

सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिने दुई दर्जन ब्यक्तित्वहरु धनकुटामा सम्मानित

विजय राई, धनकुटा/ सामााजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने झण्डै दुई दर्जनहरुलाई धनकुटामा सम्मान गरिएको छ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाको २० औं बार्षिक उत्सवको अवसरमा सोमबार  विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने समाजिक तथा शैक्षिक  क्षेत्रका वरिष्ठ मानुभावहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रदेश नम्वर १ धनकुटाका... पुरा पढ्नुहोस

सुर्यबहादुर थापा पढेको स्कुलको हिरक जयन्ती मनाइयो, स्कुल भने धराशायी बन्दै

अम्बिका भण्डारी, मुगा (धनकुटा) / धनकुटाको पाख्रीबास ७ मुगामा अबस्थित श्री राम माध्यमिक विद्यालयको ७२ औं बार्षिकोत्सव तथा हिरक जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ । पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापा  लगायत राज्यको उपल्लो निकायमा पुगेका दर्जनौं थापाकाजीहरु पढेको सो स्कुलले माघ २७ गते विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाएको हो... पुरा पढ्नुहोस

राज्यले नचिन्दा पुर्व सांसदहरुकै बेहाल छ, कसरी सुख पाउलान् जनताले ?

अम्बिका भण्डारी नेता, मन्त्री  र सांसदहरु बिलासी अनि सुबिधाभोगी भएर जनताको नजरमा दुर्नाम भैरहेका बेला कुनै बेलाका आदर्शबादी र अति इमान्दार सांसदको छबि बनाएका पुर्वका पुर्व सांसद अर्थात पुर्व माननीयहरु बुढेसकालमा चाहिं दयनीय र बिचलित अबस्थामा पुगेका छन्  । मुख्यतः आर्थिक समस्याकै कारण एकजना पुर्व माननीयले त केही समयअघि घरमै... पुरा पढ्नुहोस

सुकुना क्याम्पसमा नि:शुल्क स्वास्थ्य शिविर, दुई सयभन्दा बढी विरामीले लिए सेवा

विराट मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा मोरङको बिराटचोकस्थित सुकुना वहुमुखी क्याम्पसमा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको स्वास्थ्य शिविरमा दुई सय विरामीले सेवा लिएका छन् ।मेडिकल कलेजका कृष्ण कडेंलको नेतृत्वमा आएको चिकित्सक टोलीले आवश्यक उपचार परामर्श दिएको हो । विहान १० बजेवाट संचालित उपचार सेवामा... पुरा पढ्नुहोस

तीनवटा वडामा स्वास्थ्य चौकी स्थापना गर्नेभो बेलबारी नगरपालिकाले

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका बेलबारी नगरपालिकाले ३ वडामा स्वास्थ्य चौकी स्थापना  गर्ने भएको छ । आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका वडा नम्बर ४, ११ र ८ नम्बर वडामा स्वास्थ्य  चौकीहरु स्थापना गर्न लागेको हो । नगरवासी कसैले पनि रोगले थला पर्नु नपरोस्  भनेर स्वास्थ्य चौकीहरु स्थापना गर्न लागिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस

खोटाङमा बांदर समात्ने अभियान शुरु, एउटा बांदर समाएको २ हजार रुपैयाँ दिइंदै

बाँदरले किसानलाई हैरान पारेपछि खोटाङमा बाँदर नियन्त्रण तथा व्यवस्थापन अभियान शुरु गरिएको छ । बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति नै बनाएर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट ‘बाँदर समाउ अभियान’ शुरु गरिएको हो । बाँदर नियन्त्रणका लागि भारतबाट पेसेवरी सिकारी नैै ल्याइएको छ । बाँदरलाई खोर र जाल थापेर समात्न भारत... पुरा पढ्नुहोस

बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं

सरकारले प्रदेश स्तरमै श्रम स्वीकृति दिने नीति लिएसंगै  बुधबारदेखि श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु गरिएको  छ । बुधवार श्रम कार्यालय बिराटनगरले प्रदेश १ मा पहिलो पटक श्रम स्वीकृत प्रदान गर्न थालेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका... पुरा पढ्नुहोस

करोड कारोबारको लक्ष्य सहित गछियामा हुनेभो तेश्रो सुन्दरहरैचा एक्स्पो, तयारी तीब्र

'कृषि , पर्यटन , उधोग र व्यापार : आर्थिक समृद्धिको मुल आधार' भन्ने नाराका साथ सुन्दरहरैचा नगरपालिका स्थित गछियामा तेश्रो सुन्दरहरैचा एक्स्पो २०७५ आयोजना हुने भएको छ । एक्स्पो आयोजकले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सुन्दरदुलारी उधोग वाणिज्य संघको आयोजनामा हुने उक्त एक्स्पो फागुन ४ गते देखी फागुन १२ गतेसम्म... पुरा पढ्नुहोस

राष्ट्रपतिले पढाएको नक्सलबारी स्थित जनता माविको ५१ औं बार्षिकोत्सव

कुनैबेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पढाएको बेलबारी १ मा अबस्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४ को समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन भएको छ । ५१ औं बार्षिक उत्सव कार्यक्रमको अबसरमा शनिबार स्वर्ण महोत्सवको समापन तथा ५१ औं बार्षिकोत्सबको उद्घाटन  गरिएको हो । बिक्रम सम्बत २०२४ सालमा स्थापित विद्यालयले... पुरा पढ्नुहोस