पूर्वी नेपाल

प्रदेश १ मा पनि बढ्यो सार्वजनिक सवारीको भाडा

संघीय सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको करिब एक महिनापछि प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश-१को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो । यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५... पुरा पढ्नुहोस

लकडाउन अबधिको घरभाडा छुट गराउन पहल गर्दै धनकुटा उद्योग बाणिज्य संघ

धनकुटा उद्योग बाणिज्य संघको बैठकले लकडाउन अबधिको ब्यापारिक घर भाडा मिनाहा गराउन आब्हान गर्ने, कर शिक्षा कार्यक्रम संचालन गर्ने, ब्यबशायीहरुलाइ कोरोना विरुद्ध खोप लगाउन पहल गर्ने तथा कोरोना विरुद्ध सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ ।    संघले लडाउनका कारण व्यापारी तथा ब्यबशायीहरु मारमा परेकाले घर भाडा छुट गरी... पुरा पढ्नुहोस

उदयपुरमा हात्ती झैँ ठुलो सुँगुर, दाम परेछ ६० लाख

उदयपुरको बेलका नगरपालिकाले ६० लाख खर्चेर सुंगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्ति बनाइएको हो । नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ ।  ।           ... पुरा पढ्नुहोस

धनकुटामा लडाकु दस्ता बनाउँदै कांग्रेस, भेडेटारमा तरुण डिफेन्स फोर्स गठन

धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको लडाकु दस्ता गठन भएको छ । भेडेटारमा सम्पन्न भएको तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स सागुरीगढी गठन गरेको हो ।       नेपाल तरुण दल सागुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतमा सम्पन्न भएको तरुण भेला तथा तरुण डिफेन्स फोर्स गठन कार्यक्रममा नेपाली... पुरा पढ्नुहोस

धनकुटामा रोकिएन दुई तीन हप्तादेखिको आन्दोलन, झुठा मुद्दा फिर्ता गर्न माग

 धनकुटामा विपक्षी चार दलीय गठबन्धनद्धारा आव्हान गरिएको आन्दोलन झन् झन् चर्कदै गएको छ । पाख्रिवासका ओली पक्षिय जनप्रतिनिधिहरुले नगरसभामा बिरोध गर्नेलाई हातपात गरेपछि आन्दोलन शुरु भएको थियो । नगरसभापछि एक वडाध्यक्ष सहित १५ जनालाई पक्राउ पुर्जी जारी गर्दै मुद्दा लगाइएपछि आन्दोलन झन् चर्किएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,... पुरा पढ्नुहोस

नोबेल अस्पतालमा सुचारु भो निःशुल्क प्रसुती सेवा, यातायात खर्च पनि दिइने

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसुती गराउन थालिएको हो । सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि... पुरा पढ्नुहोस

कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउँदै नोबेल अस्पताल संचालक शर्मा 

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा. शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउन थालेका हुन् । नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् ।... पुरा पढ्नुहोस

मोरङसुनसरी समाजद्वारा विभिन्न पालिकाहरुलाइ ७८ वटा अक्सिजन सिलिन्डर सहयोग

मोरङ सुनसरी सेवा समाज नेपालले मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुलाइ करिब १५ लाख बराबरका ७८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ । विभिन्न सामाजिक सेवादेखि मातृभुमीमा आईपर्ने प्राकृतिक प्रकोप, महामारी जस्ता बिपत्तिमा स्थानिय निकायहरुसँग साझेदारी गर्दै सहयोगी भुमिका निर्वाह गर्दै आएको मोरङ सुनसरी सेवा समाजले  बिदेशमा... पुरा पढ्नुहोस

‍पत्रकार महासंघ र प्रेस युनियनले धनकुटाका संचारकर्मीलाई दिए स्वास्थ्य सामग्री

नेपाल पत्रकार महासंघ प्रदेश समिति र नेपाल प्रेस युनियनले धनकुटाका संचारकर्मीहरुलाई  स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ्गले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष देवकला कार्की, सचिव हरी लम्जेलमार्फत  धनकुटाका संचारकर्मीहरुका लागि  मास्क र सेनिटाईजरहरु प्रदान... पुरा पढ्नुहोस

प्रभावकारी बन्दै धनकुटाको कोभिड अस्पताल, आकस्मिक कक्ष पनि संचालन

तिन हप्ताअघि स्थापना भएको धनकुटा कोभिड अस्पताल र धनकुटा अस्पतालमा स्थापना भएको कोभिड आकस्मिक कक्ष प्रभावकारी भएको छ । धनकुटा अस्पताल प्रमुख डा. पुजन विश्वकर्माका अनुसार हाल धनकुटा कोभिड अस्पतालबाट ५० जना कोरोना संक्रमितहरु निको भई घर फर्केका छन् । कोभिड अस्पतालमा १० जना र धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा... पुरा पढ्नुहोस