पूर्वी नेपाल

निजि क्षेत्रबाट संचालित पूर्वी नेपालकै ठूलो नोबेल अस्पतालले मनायो १७ औं बार्षिकोत्सव

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिहिबार १७ औं बार्षिकोत्सव मनाएको छ । अस्पताल परिषरमा भव्य समारोहकाबीच बिभिन्न कार्यक्रम गरेर नोबेलले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गले नोबेललाई स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा अझै सफलताको शुभकामना दिए । सो अवसरमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नोबेलले... पुरा पढ्नुहोस

विश्वासको मतपछि बेसहराहरुको आशिर्वाद लिएर मन्त्रालय पसे प्रदेश १ का सामाजिक विकास मन्त्री 

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानवसेवा आश्रमको संरक्षणमा रहेका बेसहाराहरुको आशिर्वाद लिएर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रदेश नं। १ को सामाजिक विकास मन्त्री रहेका जयराम यादवले लामो समयदेखि मानवसेवा गर्दै आएको मानवसेवा  आश्रममा भएका बेसहाराहरुको आशिर्वाद लिएर मन्त्रालय गएका हुन् । कोविडको समयमा आफ्नो छोराको जन्मदिनको... पुरा पढ्नुहोस

फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, २१ सय विरामी लाभान्वित  

पाँचथरको फिदिममा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले आइतवार र सोमबार दुई दिने शिविर आयोजना गरेको हो । दुई दिनको अवधिमा शिविरबाट २ हजार १ सय ३३... पुरा पढ्नुहोस

प्रदेश १ मा तेस्रोपटक फेरियो सरकार, मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मङ्गलबार मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् । गठबन्धन दलहरूबीच भएको छलफलमा तत्कालका लागि मुख्यमन्त्रीसहित पाँच जनाको मन्त्रिपरिषद् विस्तार भएको हो । मन्त्रीमा काङ्ग्रेसबाट दुई... पुरा पढ्नुहोस

बाढी पहिरो र डुवानका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु, १३ जना बेपत्ता

यसै साताको मुसलधारे बर्षाबाट उत्पन्न बाढी पहिरो र डुवानका कारण १ नम्बर प्रदेशमा ६२ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय बिरानगरले दिएको जानकारी अनुसार प्रदेश एकमा ६२ जनाको मृत्यु र १३ जना बेपता भएका हुन्  । बाढी पहिरो र डुवानमा परी २० जना... पुरा पढ्नुहोस

नरेश श्रेष्ठको नेतृत्वमा कांग्रेसको धनकुटा नगर कार्य समिति चयन

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको १४ औ अधिवेशनले यूवा नेता नरेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । असोज ९ गते उद्घाटन भई सभापति वाहेकका पदहरुमा सर्वसम्मत नेतृत्व चयन भए पनि सभापतिमा सहमति नहुँदा रोकिएको नेतृत्व चयन प्रक्रिया १० दिनपछि टुंगिएको हो । जस अनुसार नगर सभापतिमा... पुरा पढ्नुहोस

बिरामीलाइ बन्धक बनाएको भन्ने झुठो प्रचार गरी भ्रम फैलाइएकोमा नोबेलको आपत्ति

नोबेल शिक्षण अस्पतालले बिरामी बन्धक बनाएको भनेर गलत प्रचार गरी भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ । अस्पताल भन्दा बाहिरको फार्मेसीको बिषयलाई जोडेर बिनाकारण अस्पतालको बदनाम गरिएको भन्दै नोबेलले आपत्ती जनाएको हो । नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले प्रेस विज्ञप्ति जारी गर्दै गलत प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्... पुरा पढ्नुहोस

अब काठमाडौ धाउनै पर्दैन, पुर्वमै पहिलो पटक नोबेलले शुरु गर्‍यो मृगौला प्रत्यारोपण सेवा

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो । सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ बर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।।... पुरा पढ्नुहोस

धनकुटालाई सौतेलो सन्तान झैँ हेपियो भन्दै कांग्रेसद्वारा प्रधानमन्त्री समक्ष ११ बुँदे माग

धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी वनाउनुको सट्टा उल्टै उपेक्षा गरिएका कारण विकासको गति रोकिएको र जिल्लामा शुन्यता छाउदै गएको भन्दै नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर वहादुर देउवासंग भेटघाट गरी ११ बुदे माग पत्र बुझाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला... पुरा पढ्नुहोस

एमाले धनकुटाले भ्रम सिर्जना गरेको भन्दै कांग्रेस धनकुटाको आपत्ति, प्रतिवाद गर्ने चेतावनी  

नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाको नाम जोडेर नेकपा एमाले धनकुटाबाट भ्रम सिर्जना गरिएको भन्दै नेपाली कांग्रेस धनकुटाले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेस धनकुटा र पार्टीका सह-महामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापालाई... पुरा पढ्नुहोस