गाउँ/समाज
छ वटा प्रस्ताव पारित गर्दै सकियो सुन्दरहरैंचा नगरको १७ औँ नगरसभामा
- हिजो
- ७ चैत्र २०८२, शनिबार
मोरङको सुन्दरहरैंचा नगरपालिकाको १७ औँ नगरसभा विभिन्न ६ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आज सुन्दरहरैंचा–४ गोदावरी रिसोर्टमा भएको नगरसभाले ती प्रस्ताव पारित गरेको हो । नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा भएको बैठकले सभाकी उपाध्यक्ष नगर उपप्रमुख अकली चौधरीले प्रस्ताव गरेका दुइवटा विधेयक, विधायन समितिका संयोजक तथा वडा नम्बर... पुरा पढ्नुहोस
बिविध कार्यक्रमसहित सम्पन्न भो सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव
- एक हप्ता अगाडि
- १ चैत्र २०८२, आईतवार
मोरङ सुन्दरहरैँचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बिभिन्न कार्यक्रमसहित भब्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो। कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका... पुरा पढ्नुहोस
पथरीमा विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम हुँदै
- 9 दिन अगाडि
- २९ फाल्गुन २०८२, शुक्रबार
मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम -२०८२ सुरु भएको छ। आज शुक्रबार पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा आगामी ३ दिन (फागुन २९ गतेदेखि चैत -१ गते) सम्म त्रि-दिवसीय कार्यक्रम सुरु भएको हो। पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा शैक्षिक... पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट बेलबारीमा एक जनाको मृत्यु
- 17 दिन अगाडि
- २१ फाल्गुन २०८२, बिहीबार
मोरङ बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेर बिहिबार साँझ बेलबारी नगरपालिका वडा नं. ११, धार्मिक चौक निवासी करिब ४५ वर्षीय विष्णु तामाङको मृत्यु भएको हो । तामाङलाइ जंगलबाट घाँस लिएर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमण गरेको थियो । सोही क्रममा उनी गम्भीर... पुरा पढ्नुहोस
माेरङ ३ बाट एमालेका उम्मेदवार इरनकुमार राईकाे प्रतिबद्धता पत्र सार्वजनिक
- 1 महिना, 7 दिन अगाडि
- ३ फाल्गुन २०८२, आईतवार
भुमिप्रसाद पाठक मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार इरनकुमार राईले पार्टीको संगठन मजबुत रहेको अवस्थामा आफू गाउँबस्तीमा भिजेको सरल व्यक्ति तथा नयाँ उम्मेदवार रहेकाले पनि आफ्नो जित हुने बताउनु भएको छ । पार्टीले आज बेलबारीमा आयोजना गरेको क्षेत्रका प्रतिवद्धताहरु सार्वजनिक कार्यक्रममा बोल्दै राईले सो कुरा बताउनु भएको... पुरा पढ्नुहोस
सृजना सामुदायिक वन भाउन्नेको सत्ताइसौँ साधारण सभा सम्पन्न
- 1 महिना, 7 दिन अगाडि
- ३ फाल्गुन २०८२, आईतवार
दलीय खिचातानी र केही स्थानीय नेताहरूको स्वार्थका कारण लामो समयदेखि मुद्दा मामिला र झमेला झेल्दै आएको बेलबारी १० स्थित भाउन्नेमा रहेको श्री सृजना सामुदायिक वन उपभोक्ता समुहको सत्ताइसौँ साधारण सभा सम्पन्न भएको छ। सबडिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेश मिश्रको प्रमुख आतिथ्यता र सामुदायिक वनका अध्यक्ष देउमान सुब्बाको... पुरा पढ्नुहोस
केराबारीमा कांग्रेसका वडा सभापति सहित ९० जना वढी रास्वपा प्रवेश
- 1 महिना, 13 दिन अगाडि
- २७ माघ २०८२, सोमबार
। नेपाली कांग्रेस पार्टीका केराबारी गाउँपालिका वडा नं.३ का वडासभापति डम्बर मल्ल सहित विभिन्न पार्टीमा आस्था राख्नेहरु रास्वपामा प्रवेश गरेका छन् । आज केराबारी ३ को त्रिवेणी चोक स्थित डम्बर मल्लको घरमा भएको पार्टी प्रवेश कार्यक्रममा उत्तम विक कुन्ता मंग्राती गोपाल श्रेष्ठ लगायत एमाले,माओवादी र कांग्रेसका ९० जना वढी रास्वपामा... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाले संञ्चालनमा ल्यायो नागरिक आरोग्य सेवा केन्द्र
- 1 महिना, 16 दिन अगाडि
- २४ माघ २०८२, शुक्रबार
केराबारी गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र संञ्चालनमा ल्याएको छ । शुक्रबार केराबारी गाउँपालिकाको वडा नं.१० मा गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा सेवाकेन्द्रको उद्घाटन गरेका छन् । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ संचालंत गर्न थालिएको केन्द्रमा पालिकामा रहेका नागरिकहरुलाई योग ध्यान तथा आर्युवेधिक... पुरा पढ्नुहोस
गुनासो’ मार्फत सार्वजनिक भए बेलबारीका प्रकाश भट्टराई
- 1 महिना, 20 दिन अगाडि
- २० माघ २०८२, सोमबार
बेलबारीका स्रष्टा प्रकाश भट्टराईले आफ्नो पहिलो कृति ‘गुनासो’ गीतसङ्ग्रह प्रकाशनमा ल्याएका छन् । कोसी साहित्य–कला परिषद् नेपाल प्रकाशक रहेको यो कृति बेलबारीका हालसालै एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख... पुरा पढ्नुहोस
वेतना सिमसारमा बन्न थाल्यो फाउन्टेन पार्क
- 2 महिना, 2 दिन अगाडि
- ७ माघ २०८२, मंगलवार
पूर्वको प्रमुख पर्यटकीय गन्तव्य वेतना सिमसार क्षेत्रमा पानीको फोहोरा सहितको फाउन्टेन पार्क उद्घाटन भएको छ। विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र वेतना सिमसारको समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा वैदिक विधि अनुसार पूजाआजा गरी कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले सोमबार पार्कको उद्घाटन गरेका छन् । प्रदेश सरकार बाट... पुरा पढ्नुहोस











