पूर्वी नेपाल

सप्तकोसीमा चल्न आंट्यो सय यात्रु अट्ने शौचालय सहितको पानीजहाज

सरकारले सप्तकोसीमा पानीजहाज चलाउन जहाज खरिद गर्ने र कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् ।  जल यातायातका लागि अहिले सप्तकोसीको चतरा  पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने... पुरा पढ्नुहोस

दाउरामा बसेर तमोर नदी तर्न बाध्य छन् तेलिया र चौबिसेका बासिन्दाहरु

धनकुटाको चौबिसे गाउँपालिका ५ सदामटार र छथर गाउँपालिका ४ तेलिया बीचको तमोर नदीमा झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ। अस्थायी रूपमा सुकेका दाउराबाट बनाइएको चेफाबाट नदी तरेर दिनहुँ सयौँ स्थानीय आउने जाने गर्छन्। झोलुंगे पुल नहुँदा सर्वसाधारणको... पुरा पढ्नुहोस

लेटाङ नगरपालिकाले फुसको छानो भएका ४ सय २५ परिवारलाई दिनेभो जस्तापाता

गोपाल काफ्ले, लेटाङ मोरङ  / फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले गरिब तथा बिपन्न टिनको छानो बितरण शुुुुरु गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडि खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो... पुरा पढ्नुहोस

झापामा कोरो ढिकुरो गरेरै बाबुको काजकिरियामा बसे छोरीहरु

परम्परागत मान्यता तोड्दै झापाको बिर्तामोडमा तीन  जना छोरीहरु बाबुको काजकिरियामा बसेका छन् । साबिक गरामनी गाविसका अध्यक्ष हाल बिर्तामोडका ६२ वर्षीय घिमिरेको मृत्युपछि ३ जना छोरी विञ्जु लुइँटेल, इञ्जु प्रसाइं र सञ्जु सङ्ग्रौला बाबुको काजकिरियामा बसेका हुन् । मृतक घिमिरेकी पत्नी चन्द्रकला घिमिरेसहित तिनैजना छोरीहरू कोरो ढिकुरो गरेर नै काजकिरियामा बसेको... पुरा पढ्नुहोस

बेलहरामा बन्न लागेको एयरपोर्टको डिपिआर तयार, स्थानीयबासी उत्साहित

 धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको छ। विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशकपछि बेलहारामा विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेको छ... पुरा पढ्नुहोस

धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो

मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । उदयपुरको गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो । परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए । ‘सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुरलगायत जिल्लाका भित्री उपत्यकाहरू जोड्ने यस राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका... पुरा पढ्नुहोस

मोरङका सिमसारहरुको संरक्षण तथा प्रबर्द्धन गर्न १९ सदस्यीय समिति गठन

मोरङमा पर्यटकीय सम्भावना बोकेका र चर्चामा आएका सामुदायिक बन तथा सिमसारका प्रतिनिधिहरुको बैठकले 'मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति' गठन  गरेको छ । बेलबारी स्थित बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको हलमा मंगलबार भएको भेलाले बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो । भेेलामा... पुरा पढ्नुहोस

ट्रिपर जलाइएको बिरोधमा आन्दोलनको घोषणा गरे ट्रिपर व्यवसायीहरुले

बिराटचौकमा जलाइएका ७ टिपरहरूको क्षतिपूर्तिको माग गर्दै  टिफर व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान ८ः४५ बजे सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि ७ टिपरहरू जलाइदा प्रशासन मूकदर्शक भएर बसेको भन्दै ब्यबशायीहरुले... पुरा पढ्नुहोस

संयन्त्र सञ्चार सहकारीको आठौं बार्षिकोत्सब सम्पन्न, पुर्व अध्यक्ष सहित ७ जना सम्मानित

मोरङको बेलबारीस्थित संयन्त्र सञ्चार सहकारी संस्था लि द्वारा सञ्चालित रेडियो बेतनाले आठौं वार्षिकोत्सव मनाएको छ । स्थानीय बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको वार्षिकोत्सव समारोहमा २ जना सञ्चारकर्मी सहित सात जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा रेडियो बेतनाका समाचार प्रमुख अनील बराल र ब्लाष्ट टाइम्स दैनिकका बेलबारी सम्वाददाता... पुरा पढ्नुहोस

प्याब्सन माेरङकाे १० औं स्पोर्ट्स मिट २०७५ शुरु, खेलकुदमय बन्दै बेलबारी

विवेक मिश्र/ केशु बिरही, लक्ष्मीमार्ग । निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले आयोजना गरेको दशौं प्याब्सन स्पोर्टस् मिट बेलवारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शुरु भएको छ । प्याब्सन माेरङकाे १० औं  स्पाेर्टस मिट २०७५ बेलबारी स्थित लक्ष्मीमार्गमा सुरु भएपछि पूरै बेलबारी खेलकुदमय बनेकाे छ । जिल्ला भरका निजी... पुरा पढ्नुहोस