प्रमुख

सहयोग समेत आफन्तले खाइदिएपछि बेलबारीका एक वृद्धको बिजोग, स्थानीयद्वारा उद्वार

केशु विरही, बेलबारी, मोरङ /विगत तीन वर्षदेखि भत्किएर खण्डहरको रुपमा परिणत भएकाे घरमा बस्दै आएका बेलबारी नगरपालिका वार्ड नं ४ सखुवाटोलीका ७५ वर्षीय वृद्ध कदमलाल खवासलाई स्थानीयहरुले उद्धार गरेका छन् । ९-१० वर्ष अघि श्रीमतीको मृत्यु पश्चात् एक्लै रहेका खवास विगत ३ वर्षदेखि त्यही भत्किएर खण्डहरमा परिणत भैसकेको घरको पालिमा... पुरा पढ्नुहोस

बेरोजगार भत्ता दिने कार्यक्रम पनि ल्याउन लाग्यो सरकारले, कार्यान्वयन पो हुन्छ कि हुन्न !

स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने महत्वाकांक्षी योजनाका साथ सरकारले फागुन  १ देखि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने भएको छ । चालू आर्थिक वर्षको बजेटमा  घोषणा भएको  प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कार्यक्रम ल्याउन लागेको नागरिक दैनिकमा समाचार छ ।... पुरा पढ्नुहोस

तीनवटा वडामा स्वास्थ्य चौकी स्थापना गर्नेभो बेलबारी नगरपालिकाले

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका बेलबारी नगरपालिकाले ३ वडामा स्वास्थ्य चौकी स्थापना  गर्ने भएको छ । आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका वडा नम्बर ४, ११ र ८ नम्बर वडामा स्वास्थ्य  चौकीहरु स्थापना गर्न लागेको हो । नगरवासी कसैले पनि रोगले थला पर्नु नपरोस्  भनेर स्वास्थ्य चौकीहरु स्थापना गर्न लागिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस

बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं

सरकारले प्रदेश स्तरमै श्रम स्वीकृति दिने नीति लिएसंगै  बुधबारदेखि श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु गरिएको  छ । बुधवार श्रम कार्यालय बिराटनगरले प्रदेश १ मा पहिलो पटक श्रम स्वीकृत प्रदान गर्न थालेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका... पुरा पढ्नुहोस

मोरङको एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्

मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् । विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि... पुरा पढ्नुहोस

सप्तकोसीमा चल्न आंट्यो सय यात्रु अट्ने शौचालय सहितको पानीजहाज

सरकारले सप्तकोसीमा पानीजहाज चलाउन जहाज खरिद गर्ने र कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् ।  जल यातायातका लागि अहिले सप्तकोसीको चतरा  पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने... पुरा पढ्नुहोस

दाउरामा बसेर तमोर नदी तर्न बाध्य छन् तेलिया र चौबिसेका बासिन्दाहरु

धनकुटाको चौबिसे गाउँपालिका ५ सदामटार र छथर गाउँपालिका ४ तेलिया बीचको तमोर नदीमा झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ। अस्थायी रूपमा सुकेका दाउराबाट बनाइएको चेफाबाट नदी तरेर दिनहुँ सयौँ स्थानीय आउने जाने गर्छन्। झोलुंगे पुल नहुँदा सर्वसाधारणको... पुरा पढ्नुहोस

लेटाङ नगरपालिकाले फुसको छानो भएका ४ सय २५ परिवारलाई दिनेभो जस्तापाता

गोपाल काफ्ले, लेटाङ मोरङ  / फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले गरिब तथा बिपन्न टिनको छानो बितरण शुुुुरु गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडि खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो... पुरा पढ्नुहोस

बिपल्पसहित मदन भण्डारी राजमार्ग बन्ने स्थान तय गर्यो केराबारी गाउँपालिकाले

राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको मदन भण्डारी मार्ग बन्ने स्थान र मापदण्डको विषयमा अन्योल र बिवाद बढिरहेको बेला मोरङको केराबारी गाउँपालिकाले संस्थागत धारणा सार्वजनिक गरेको छ । नेपाल सरकारले अरवौं रुपैया बजेट विनियोजन गरी धरानभन्दा पश्चिमतिर सडक नै कालोपत्रे गर्न थालिएको भएपनि उत्तरी मोरङको मधुमल्ला, लेटाङ, केराबारी, र सुनसरीको धरान... पुरा पढ्नुहोस

बेलहरामा बन्न लागेको एयरपोर्टको डिपिआर तयार, स्थानीयबासी उत्साहित

 धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको छ। विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशकपछि बेलहारामा विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेको छ... पुरा पढ्नुहोस