पथरी शनिश्चरेमा दाेस्राे नगर खेलकुद महाेत्सव २० ८२ हुँदै
- २० बैशाख २०८२, शनिबार
मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा दोस्रो नगर खेलकुद महोत्सव २०८२ यही बैशाख २० गतेदेखि सञ्चालन हुने भएकाे छ।

यसैगरी ,भलिबलतर्फ प्रथम पुरस्कार ३१ हजार नगद तथा दोस्रो पुरस्कार २१ हजार नगदसहित ट्रफी तथा मेडलले प्रस्तुत गरिनेछ। बेष्ट स्पाईक, बेष्ट ब्लकर, बेष्ट प्लेयर , बेष्ट लिब्रो, बेष्ट सेटर लगायतका विभिन्न विधाहरुमा विजयी खेलाडीहरूलाई ३,हजार का दरले नगदसहित ट्रफी प्रदान गरिनेछ भने म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद २ हजार रूपैयाँ प्रदान गरिनेछ। यसैगरी, क्रिकेट तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरूलाई ३५ हजार र २० हजार नगद सहित ट्रफी प्रदान गरिने इच्छा युवा तथा खेलकुद शाखाका अधिकृत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले जनाउनु भयाे।
म्याराथन प्रतियोगिताकापुरुष तथा महिला दुवै प्रथम , द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई जनही ७ हजार , ५ हजार, ३ हजार र २ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने कराँते तर्फ प्रथम पुरुष खेलाडीलाई ५ हजार र महिलातर्फ ५ हजारले प्रदान गरिने आयोजक समितिले जनाएको छ। यसैगरी, बुद्धिचाल प्रतियोगितातर्फ
प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं, छैठौँ र सातौँ स्तन हासिल गर्ने विजयी खेलाडीलाई क्रमशः १० हजार, ६ हजार, ४५ सय , ३५ सय र २५ सयका दरले पुरस्कृत गरिने उक्त अवसरमा जानकारी दिइयो।
उक्त प्रतियोगिता अनुमानित १४ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरिएको आयोजकले जनाएको छ। उक्त पत्रकार सम्मेलनमा घरका सूचना संयोजक सन्तोष राई, फोनिजका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, नगर खेलकुद समिति सदस्य लोकसागर साम्बा, तथा विभिन्न विधागत खेल पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।







































































