गाउँ/समाज
सुन्दरहरैँचामा शुरुभो सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड
- 2 महिना, 3 दिन अगाडि
- ६ माघ २०८२, सोमबार
माेरङकाे सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन प्रतियोगिताको शनिबार जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले उद्घाटन गरेका छन्। सुन्दर हरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको अध्यक्षतामा सुकुना माध्यमिक विद्यालय परिसरमा शनिबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन भएको हो।... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रमका साथ सम्पन्न भो सिंहदेवी सामुदायिक वनको बीसौँ साधारणसभा
- 2 महिना, 4 दिन अगाडि
- ५ माघ २०८२, आईतवार
मोरङ केराबारी ९ मा अवस्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको बीसौँ वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । ा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङंचिङ मगरको प्रमुख आतिथ्यता र समूहका अध्यक्ष भीम कार्कीको अध्यक्षतामा वन समूहको आफ्नै हलम शुक्रबार साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा केराबारी ९ का... पुरा पढ्नुहोस
जसपा बेलबारी नगर समितिका सबैले छाडे पार्टी
- 4 महिना, 17 दिन अगाडि
- २० कार्तिक २०८२, बुधबार
समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिका पदाढिकारी तथा सदस्यहरुले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । नगर समितिका अध्यक्ष अमिर मगरसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार सार्वजनिक गरिएको विज्ञप्ति मार्फत पार्टी त्यागेको घोषणा गरेका छन्। पार्टी परित्याग गर्नेहरूमा अध्यक्ष अमिर मगर, उपाध्यक्षहरू लिला राई र... पुरा पढ्नुहोस
देवीझोडा सामुदायिक वनको भवन उद्घाटन तथा २६ औं बार्षिक साधारणसभा सम्पन्न
- 5 महिना, 4 दिन अगाडि
- २ कार्तिक २०८२, शनिबार
देवीझोडा सामुदायिक वन उपभोक्ता समुह, केराबारी ९, देवीझोडाको भवन उद्घाटन कार्यक्रम तथा २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । केराबारी ९ स्थित सामुदायिक वनको नवनिर्मित भवनको हलमा बिहीबार वनको साधारणसभा भएको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेतको अध्यक्षतामा कार्यक्रम... पुरा पढ्नुहोस
बेलबारीको डेल्टा इंग्लिस स्कुललाइ अन्तर्राष्ट्रिय अवार्ड
- 5 महिना, 7 दिन अगाडि
- २९ आश्विन २०८२, बुधबार
बेलबारीको डेल्टा इंग्लिस स्कुल अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भएको छ। एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा मलेसियामा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको थियो । अवार्डका... पुरा पढ्नुहोस
जलेको वडा कार्यालयलाई हाम्रो फाउन्डेसनको सहयोग
- 5 महिना, 8 दिन अगाडि
- २८ आश्विन २०८२, मंगलवार
हाम्रो फाउण्डेशन परिवार, पथरी शनिश्चरेले मोरङको पथरी शनिश्चरे वडा नं १ को वडा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर सहयोग उपलब्ध गराएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच उक्त फाउण्डेसनले विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो। "शिक्षा र परोपकार , हाम्रो सरोकार" भन्ने मूल नाराका साथ उक्त फाउण्डेसनले उक्त वडा... पुरा पढ्नुहोस
पाथिभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा
- 5 महिना, 11 दिन अगाडि
- २५ आश्विन २०८२, शनिबार
मोरङ पथरी शनिश्चरे -३ काे आदर्श टाेलमा रहेको पाथभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज शुक्रबार पथरी शनिश्चरे -३ आदर्श टोलमा रहेको जलेश्वर महादेव मन्दिरको प्राङ्गणमा सो समूहको सभा सम्पन्न भएको हो। समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा भएको सो सभामा बौद्धिक व्यक्तित्व एवम् पञ्चायत... पुरा पढ्नुहोस
छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न
- 5 महिना, 29 दिन अगाडि
- ७ आश्विन २०८२, मंगलवार
वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा कला साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालको संयुक्त आयोजनामा सुन्दरहरैँचामा एक कार्यक्रम गरी सो कृतिको गृह लोकार्पण हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले कृति... पुरा पढ्नुहोस
आफैंले बनाएको नयाँ घाटमा पहिलोपटक जलाइए बेलबारीका शेषराज!
- 6 महिना, 1 दिन अगाडि
- ५ आश्विन २०८२, आईतवार
मोरङ बेलबारी ३ का सामाजिक ब्यक्तित्व शेषराज घिमिरेकाे प्रहरी सलामी सहित अन्त्येष्टि गरिएको छ । हालसालै निर्माण सम्पन्न भएको लोहोन्द्रा गंगाधामको निर्माण समिति सचिव रहेका घिमिरे आफैले बनाएको नयाँ घाटमा जल्ने पहिलो ब्यक्ति बन्न पुगे । भुतपुर्ब प्रहरी समेत रहेका ६० बर्षिय घिमिरे भोजपुरबाट बसाँई सरी बेलबारी ३ मा बसोबास... पुरा पढ्नुहोस
सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न बेलबारी उद्योग वाणिज्य संघको अपिल
- 6 महिना, 1 दिन अगाडि
- ५ आश्विन २०८२, आईतवार
बेलबारी उद्योग वाणिज्य संघले सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न सबै पक्षलाई अपिल गरेको छ। देशभर युवापुस्ता जेन–जेड (Gen-Z) द्वारा सञ्चालित आन्दोलनले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको अपेक्षा थप सबल बनाएको भन्दै संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्पूर्ण उद्योग व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गरी दैनिक उपभोग्य वस्तुको सुरक्षित आपूर्ति गर्न... पुरा पढ्नुहोस











