दुई तिहाइतर्फ रास्वपा, नराम्ररी खुम्चिए कांग्रेस र एमाले
- २५ फाल्गुन २०८२, सोमबार
गत बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ सिट जितेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थान जितेर दुई तिहाइ बहुमत नजिक पुगेको हो । हाल उसले एक स्थानमा अग्रता लिइरहेको छ। मत गणना भइरहेको गोरखा १ मा उसले फराकिलो अग्रता लिइरहेको हो। सोमबार बिहानसम्म ७५ प्रतिशत मतगणना सकिँदा सो पार्टीले उसले समानुपातिक मततर्फ ३७ लाख १ हजार १३१ मत ल्याएको छ ।
त्यसैगरी नेपाली कांग्रेस १७ सिट जितेर दोस्रो भएको छ। उसले इलाम–१ मा अग्रता लिइरहेको छ। समानुपातिकतर्फ कांग्रेसले १२ लाख ४९ हजार ८४० मत ल्याएको छ।
नेकपा एमालेले प्रत्यक्षमा ८ स्थान जितेको छ भने संखुवासभामा अग्रता लिइरहेको छ। समानुपातिकतर्फ एमालेले १० लाख ५९ हजार ८६ मत ल्याएको छ।
नेपाली कम्युनिस्ट पार्टीले हालसम्म ७ स्थान जितेको छ। सो पार्टीले एक स्थानमा अग्रता लिइरहेको छ । सो पार्टीले समानुपातिकतर्फ ५ लाख ४४ हजार १६६ मत ल्याएको छ। प्रत्यक्षतर्फ एक स्थान जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ २ लाख ६० हजार ६४५ मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थान जितेको छ भने समानुपातिकमा २ लाख ४९ हजार ३४६ मत प्राप्त गरेको छ।







































































