बेलवारीमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु, सयभन्दा बढी टीम सहभागी
- १७ माघ २०८२, शुक्रबार
बेलवारीमा स्वर्गीय बलबहादुर मगर स्मृति कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
बेलबारी ११ लक्ष्मी मार्ग स्थित डाँगी हाट ब्याडमिन्टन क्लबको आयोजनामा डागीहट ब्याडमिन्टन क्लबको कबर्ड हल र बेलबारी स्थित इन्द्रेणी क्लबको कबर्ड हालमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले उद्घाटन गरेका छन्। 

ब्याडमिन्टन प्रतियोगितामा चार समूहमा प्रतिस्पर्धाहरू हुनेछन् । जसमा मेन्स डबलतर्फ खुला डिभिजनमा ३२ वटा टिम सहभागी छन्। त्यसैगरी विमेन्स डबलमा १२ वटा टिम भेट्टानमा ३२ वटा टिम र अन्डर १५ मा २६ वटा टिम सहभागी छन्। प्रतियोगिता हरेक समूहको विजेताले ४१ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन्। त्यसैगरी दोस्रो समूहले ३० हजार र तेस्रो हुने दुई दुईवटा समूहलाई पनि ३० हजारका दरले नै नगद ट्रफी र प्रमाणपत्र पाउनेछन्।
डाँगीहाट ब्याडमिन्टन क्लबले गत साता डाँगीहाट ब्याडमिन्टन क्लबका मेम्बर्सहरूबीच प्रतियोगिता गराएको थियो। १६ वटा टिमहरू सहभागी भएको सो प्रतियोगिता मा विक्रम राई र ज्योति राज राई तथा विकास श्रेष्ठ र रमेश राई को टिम फाइनलमा पुगेको छ।सो प्रतियोगिताको फाइनल समेत प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताकै क्रममा हुने बताइएको छ । सो प्रतियोगिताका विजेताले १५००० नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता र तेस्रो हुने दुई टिमले १०|१० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक डाँगीहाट ब्याडमिन्टन क्लबले जनाएको छ।
डागीहाट ब्याडमिन्टन क्लबले डागीहाट ब्याडमिन्टन क्लबले विगत तीन वर्षदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ। गत वर्षसम्म बलबहादुर मगर को अध्यक्षतामा रहेको क्लबले प्रतियोगिता आयोजना गर्दै आएको थियो। मगरको केही समयअघि हृदय घातका कारण मृत्यु भएपछि यस वर्ष देखि उनकै नाममा प्रतियोगिता गराउन थालिएको छ। बेलबारी नगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगितामा करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।







































































