सुकुना माविमा पराजुली परिवारले स्थापना गर्यो १ लाख २ हजारको अक्षयकोष

  • १२ माघ २०८२, आईतवार

धनकुटा घर भइ हाल सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ बसोबास गर्दै आएका समाजसेवी  शम्भुप्रसाद पराजुलीको परिवारले सुकुना माध्यमिक विद्यालयमा आफ्ना मातापिताको नाममा  अक्षयकोष स्थापना गरेका छन् ।

बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा आफ्ना बुवा चुडामणि र आमा मधुमाया पराजुलीको नाममा शम्भुप्रसाद पराजुलीको परिवारले १ लाख २ हजार २ सय २२  रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । बसन्त पञ्चमीको अवसरमा एक कार्यक्रम बीच पराजुलीले सुकनामा माविलाई  अक्षयकोशको रकम हस्तान्तरण गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृकाप्रसाद ढकाललाई पराजुलीले  चेक हस्तान्तरण गरेका थिए । पराजुलीका नातिनीहरू सुकुना माध्यमिक बिद्यालयमा नै अध्ययनरत छन् ।  पराजुलीले यसअघि धनकुटाका विभिन्न विद्यालयहरूमा समेत आमाबुवाको नाममा अक्षयकोष स्थापना  गरेका थिए ।

सुकुना माध्यमिक विद्यालयमा यसअघि  डेढ दर्जन भन्दा बढी अक्षय कोष छन्। ५० लाखभन्दा बढीका ती अक्षयकोषहरूबाट विद्यालयले जेहेनदार र विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।