रहेनन् धनकुटा कांग्रेसका पूर्व सभापति केदारलाल श्रेष्ठ, झण्डा ओढाएर अन्त्येष्टि
- १८ कार्तिक २०७६, सोमबार
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठलाई चार तारे झण्ढा ओढाएर अन्तिम श्रद्धाञ्जली र सम्मान व्यक्त गरिएको छ ।
धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठको पार्थिव शरिरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री प्रकाश मान सिंह, नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले चार तारे झण्ढा ओढाएर अन्तिम श्रद्धाञ्जली र सम्मान व्यक्त गरेेेका छन् ।
नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले कठिन र असहज परिस्थिमा समेत पूर्व धनकुटा नगर सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठले नेपाली कांग्रेस धनकुटाको संगठन विस्तारमा महत्वपूर्ण योगदान दिएक वताए ।
मृगौलाको समस्याका कारण दुई बर्षदेखि उपचार गराईरहनु भएका नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठको पार्टीले अन्तिम श्रद्धाञ्जली दिएपछि सोमबार नै काठमाण्डौको पशुपती स्थिति मागवती नदीको आर्यघाटमा अन्त्यष्ठि गरिएको छ ।
सो अवसरमा नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति संविधान सभा सदस्य मदनमान अमात्य, ३ नम्वर प्रदेश सभाका सदस्य नरुतम बैद्य, नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति हरी अधिकारी ,नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भिम वहादुर थापा,धिरेन्द्र मिश्र, नेपाली कांग्रेस धनकुटाका महाधिवेशन प्रतिनिधि उदय लिम्बु, लगायतले स्वर्गीय श्रेष्ठ पार्थिव शरिरमा फुलमाला लगाई दिई श्रद्धाञ्जली दिएका छन् ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदार लाल सिंह श्रेष्ठ धनकुटामा इमानदार कर्तव्य निष्ठ र निडर साहसिक नेताका साथ कुसुल संगठन कता भएकोले उहाको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।
१९९१ साल माघ १२ गते धनकुटामा जन्मेका नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदार लाल सिंह श्रेष्ठको श्रीमती इन्द्र कमारी सिंह श्रेष्ठ र छोराहरु अस्मिन र अर्विन सिंह श्रेष्ठ र छोरीहरु लिना,मिना र सोना सिंह श्रेष्ठ छन् ।







































































